इश्वर प्रताप लामा ( आशिष ) मिलाप खबर सिमरा बाराको जितपुर सिमरा उपमहानगर पालिका वडा न ३ नरबस्तीमा अवस्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको करिब ४ कठा क्षेेेत्रफलमा फैलिएको प्राङ्गणमा भएको फोहोर तथा झाडी स्थानीय चर्चका अगुवा र सदस्यहरुको सक्रियतामा सरसफाइ गरिएको छ । गर्मी र बर्खायाममा प्रायजसो तराई क्षेत्रमा साप, खजुरा र बिच्छीको बिगबिगी हुने गर्दछ । स्कुल प्राङ्गणमा बाक्लो घाँस,खर र चारैतिर जताततै फोहर छरिएको अवस्थामा सरसफाइ गरिरहेका ब्यक्तिहरुले बिषालु साप गोमन पनि फेला पारेको थिए । उक्त स्कुलको ट्वाइलेट बाथरुम जाने ढोकासम्ममा पनि बाक्लो घासको झाडी देख्न सकिन्थ्यो । नेपामा रहेका नेपाली ईसाई चर्चहरुले समय समयमा यस्ता सामाजिक कार्यहरु गरिएको भएतापनि प्रचार प्रसारको कमी र राज्यको इसाई धर्मलम्बीहरुलाई हेर्ने दृष्टिकोण फरक भएकोले यस्ता कामहरु ओझेलमा परियको एक स्थानीय बासीले बताउनुभयो । पातलो बस्ती ,घाना जङ्गलको छेउ र स्थानीय बासीहरु आवत जावत गर्ने बाटो किनारामा अवस्थित यस बिद्यालय वरपरका फोहोर अवस्था देखेर मानिसहरु विभिन्न चर्चा परिचर्चा गर्नेगरथ्यो । कक्षा ८ सम्म संचालनमा रहेको यस स्कुलमा वरपरका गाउँ,दसबिगाहा,रामबन टाडी,कुनाटोला र नरबस्ती यरियाका करिब दुई अढाई सय विद्यार्थीहरु अध्यापन गर्नेगर्दछ । चर्चका सदस्यहरुले यस कुरालाई ध्यानमा राखी स्कुललाई सरसफाइ गर्ने क्रममा सहयोग गरेको र चर्चको यस कार्यले समाज र स्वयं स्कुललाई पनि सकारात्मक सन्देश जाने भन्दै स्कुल ब्यस्थापन समितिको अध्यक्ष बिनोद बस्नेत ज्युले चर्चका अगुवा तथा सदस्यहरुलाई स्कुलमानै उपस्थित भई मुरी मुरी धन्यवाद दिएको थियो ।
Related Post
टोपी तथा पोषाक दिवसको औसरमा चर्च द्वारा कम्बल बितरण
पुस १७, २०८१ पुस १७, २०८१ पुस १७, २०८१
Aashish Lama
उप म.नगर द्वारा जनजागरण मा लघु उधम गोष्टि सम्पन्न
माघ ४, २०८० माघ ४, २०८० माघ ४, २०८०
Aashish Lama
स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कार्तिक २१, २०८० कार्तिक २१, २०८० कार्तिक २१, २०८०
Aashish Lama