शेर ए.सी.काठमाडौ

धादिङ : विपद्का कारण प्रभावित धादिङको गल्छी क्षेत्रमा NCF नेपाल युवा विभाग बागमती प्रदेशले सरसफाइ अभियान सञ्चालन गरेको छविपद्पछि सडक, बजार तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर, माटो तथा अन्य सामग्री हटाउँदै प्रभावित क्षेत्रलाई सफा र सुरक्षित बनाउने उद्देश्यले युवा स्वयंसेवकहरू सरसफाइ अभियानमा जुटेका हुन्।

अभियानका क्रममा युवाहरूले स्थानीयवासीसँग समन्वय गर्दै सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गरेका छन्। विपद्को समयमा उद्धार र राहतसँगै सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिनुपर्नेमा स्वयंसेवकहरूले जोड दिएका छन्।

NCF नेपाल युवा विभाग बागमती प्रदेशका युवा अध्यक्ष प्रकाश तामाङले विपद्को समयमा पीडित समुदायलाई सहयोग गर्नु युवाहरूको सामाजिक जिम्मेवारी भएको बताए। उनले भने, “विपद्को समयमा प्रभावित नागरिकलाई राहत र उद्धारसँगै वातावरण सफा र सुरक्षित राख्नु पनि उत्तिकै आवश्यक छ। त्यसैले हामी युवाहरू स्वयंसेवकका रूपमा प्रभावित क्षेत्रमा पुगेर सकेको सहयोग गरिरहेका छौँ।”

तामाङले आगामी दिनमा पनि आवश्यकता भएका क्षेत्रमा युवा स्वयंसेवक परिचालन गरी उद्धार, राहत तथा सरसफाइका कार्यलाई निरन्तरता दिने बताए।

NCF नेपाल युवा विभाग बागमती प्रदेशले विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

Premium SEO Backlinks
Premium SEO Backlinks