इश्वर प्रताप लामा(आशिष),बारा
सिमरा: बारा ख्रीष्टियन समाजको १३औ बार्षिकी साधारणसभा तथा सातौ अधिवेशन आज बाराको जितपुरसीमरा उपमहानगर पालिका वडा न २ हुलास गैरीटोलमा अवस्थित प्रशस्त जीवन चर्चमा सब्यताका साथ ११ सदस्यीय नयाँ समिती चयनगर्दै सम्पन्न भएको छ ।
संस्थाको आज भएको बार्षिक तथा सतौ अभिवेशनमा बार्षिकी प्रगती बिवरण प्रस्तुत गर्ने क्रममा संस्थाले आफ्नो सदस्यहरुलाई बचत गर्नेबानी बसाल्न अन्तरमुखी तथा आय ब्याय सम्बन्धमा तालिम दिएको,समुदायको सदस्यहरुको मृत्युुहुँदा दफनको लागि जमिनको पहल गरिदिन स्थानीय सरकारलाई अनुरोध गरेको,बाताबरण संरक्षणको लागि बोटबिरुवाहरु रोपेको, समय समयमा सर सफाई अभियान थालिनीगरेको,मानवकल्याणकारी हितको लागि रक्तदान जस्ता कार्यक्रम गरेको अध्यक्ष पदम बस्नेतले जानकारी गराउनुभयो ।
बिक्रम सम्वत २०७० सालमा नेपाल सरकारको आधिकारिक मान्यता पाएको यस संस्थाले जिल्लाभर छरिएर रहेको ७० वटा भन्दाबढी सदस्यहरुको हितमा सेवा पुर्याउदै आइरहेको छ । यसको साथै संस्थाले समय समयमा आईपर्ने बिपत्तहरुमा आफ्नो सदस्यहरुबाट सहयोग जुटाउदै समस्यामा परेका अन्य समुदायलाई पनि सहयोग दिदैआईरहेको जानकारी कोषाध्यक्ष बिजय लामाले बताउनुभयो । उहाँको अनुसार हाल सम्म समाजलाई कहिकत्तैबाट कुनै प्रकारका सहयोग नभएको र सदस्यहरुबाट मार्षिकरुपमा लिने दुईसय लेबिनै संस्थाको हाल सम्मको आम्दानीको स्रोत रहेकोछ भने यस बर्ष वडा न २ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा न.३ का का.व.अध्यक्ष माया बि कले स्थानीय कार्यक्रमको लागि सहयोग गर्नुभएको थियो ।
आजको अधिवेशनको सभापति संस्थाको अध्यक्ष पदम बाहदुर बस्नेत,प्रमुख अतिथि नेपाल राष्ट्रिय मण्डली संगत(Ncfn) का केन्द्रिय सचिव आशिष लामा,बिशिस्ट अतिथिमा वड न.३ का का.व.अध्यक्ष माया बि क,नेपाल राष्ट्रिय मण्डली सङत्ती(Ncfn) मधेस प्रदेशका अध्यक्ष रामहरी जार्की (आमोष) निवर्तमान अध्यक्ष नेमा लामा,सथापक अध्यक्ष कृष्ण तामाङ र पाष्टर हरी बल रहनुभएको थियो । यस अधिवेशनले भेलाबाट पाष्टर भिम शुब्बाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा पा.मान बहादुर तामाङ सचीवमा पा.सुशील थापा मगर,कोषाध्यक्षमा पा.सुनिल तामाङ लगाएतका रहनुभएको छ । उक्त समयमा समाजलाई सहयोग र योगदान गर्ने ब्याक्तीहरु लागायत कार्य समितिलाई खादा र प्रसंशा पत्र प्रदानगरि सम्मन गरिएको थियो ।
कार्यक्रमा सहभागीहरुलाई उत्साह र सबै परिस्थितिमा आफ्नो बोलावटमा स्थिरभई लागिरहन प्रमुख अथिती नेपाल राष्ट्रिय मण्डली संगति (Ncfn) का केन्द्रिय सचिव आशिष लामाले पबित्र धर्मशास्त्र बाईबलको १ इतिहास ४:९-१० पदबाट याबेसको जिवनी र उनले गरेको प्रार्थनाबाट बोल्नुभएको थियो भने कार्यक्रमको संचालक नेपाला राष्ट्रिय मण्डली संगति(Ncfn) मधेस प्रदेश युवा बिभागका अध्यक्ष रबिन श्रेष्ठले गरेको थियो ।
