इश्वर प्रताप लामा(आशिष):बारा
सिमरा : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तरगपर्ने जनहित उपभोक्ता समिती र उसको मातहतमा रहेको भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूह, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुह,मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन समूह र जनजागरण मध्यवर्ती सामुदायिक वन समुहको सहयोग र बारा राइडर एफ.सी.को आयोजनामा पाँचदिने प्रथम महिला नकआउट फुटबल प्रतियोगिता आज एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । आजभएको उद्घाटनसत्रमा प्रमुख अतिथि बारा क्षेत्र न. ४´क’ का प्रदेश सदस्य माननीय देवनारायण चौधरी,जीतपुरसीमरा उप महानगरपालिकाका उपनगर प्रमुख भोला प्रसाद अधिकारी,वडा न ३ का क.व.अध्यक्ष माया बिक,पर्सा राष्ट्रिय निकुञ्ज आधाभरका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा जनहित उपभोक्त समितिका अमृतलाल श्रेष्ठ,मध्यवर्ती सामुदायिक वन समुहको अध्यक्ष सुमन मगर,आशिष श्रेष्ठ इश्वरी लामा नेकपा एमाले नगर युवाकमिटी अध्यक्ष त्रिलोक बिक्रम ठकुरी वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठ लगाएतका उपस्थिति रहेकोथियो ।

उत्त कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा ले अबको समयमा एकपुस्ता देखिअर्को पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने र अबको समयमा संरक्षण र बाताबरण सम्बन्धमा युवावर्गहरुले चासोदेखाउनुपर्ने बताउनुभएको थियो । महिला दिदीबहिनीहरुले पनि औसरपाए समाज र राष्ट्रमा ठूलो योगदान पुर्याउनसक्ने कुरा बताउदै का.व.वडा अध्यक्ष माया बिकले क्लबको उन्नतस्तरको लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमम सहभागी सबैलाई स्वागत वन समुहका अध्यक्ष इश्वरी लामाले गर्नुभएको थियो । कार्यक्रमको बन्दासत्रलाई समापन गर्दै बारा राईडर एफ.सी.का अध्यक्ष दिपक लामाले सबै सहयोगी हातहरुलाई धन्यवाद दिएकाथिए ।

आजभएको पहिलोदिनको खेलमा बारा राईडरका खेलाडीहरुले पर्सा महिला फुटबल क्लबलाई ० को विरुद्धमा ९ गोलले पराजित गरेकाथिए । यस प्रथम महिला नकआउट फुटबल प्रतियोगिताकोमाध्यमबाट वन बन्यजन्तु र बाताबरण संरक्षणमा युवावर्गहरुको सहभागी प्रचारप्रसार गर्ने उद्देश्यरहेको र आगामीदिनमा समितिले यसलाई सबै समुहहरुमा लैजाने समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले मिलाप खबरसंगको कुराकानीको क्रममा बताउनुभयो ।
