इश्वर प्रताप लामा (आशिष) बारा

सिमरा: बाराको जितपुर सिमरा उप महानगर पालिका ३ न. वडा अवस्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको ३०x६० को सभाहल निर्माण कार्यको आज एक समारोहबीच नगर उप प्रमुख भोला प्रसाद अधिकारीको बाहुलीबाट सिल्यानास सम्पन्न भएको छ । बिक्रम सम्वत २०५२/०५३ देखिनै वडा न.६ र ३ का करिब ६३५ घरधुरीका सदस्यहरु संरक्षण र बन्यजन्तु तथा बोट बिरुवा बचाउ कार्यमा सकृय हुँद आएकोमा २०६४ सालमा बिधिवतरुपमा बैधानिकता प्राप्त गरे यता बर्सेनिरुपमा पालमा साधारणसभा गर्दै आएकोमा गएको यस समुहको १६ औं साधारणसभा र मिति २०८२/ ०२/२६ गतेको कार्यसमितिले गरेको निर्णय अनुसार आफ्नै सभाहल निर्माण गर्न लागिएको हो ।

दुई चरणमा सम्पन्न गर्ने लक्ष्य राखेको यस सभाहलको लागि समितिले हाललाई सात लाख रुपैयाँ बिनियोजन गरेको छ । कार्य समितिले यस कार्यको लागि तीन सदस्यीय निर्माण कमिटी बनाएको छ । जसमा सैयोजकमा सोम बहादुर लामा सदस्यमा फजलेहक अन्सारी र कुमार कार्की रहेको छ । आजको कार्यक्रममा वडाका सदस्य शंकर पाखृन,नेकपा एमाले वडाकमिटी अध्यक्ष शुक्र श्रेष्ठ लगाए समितिको अध्यक्ष लागाएत सदस्यहरुको उपस्थित रहेको थियो ।