इश्वर प्रताप लामा(आशिष)बारा
सिमरा:जितपुरसिमरा उ.म.न.पा.१ मा अवस्थित जनहित मध्यवर्ती उपभोक्ता समितिले आज एक कार्यक्रम गरि आफ्म्नो १८ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । मानव, बन्यजन्तु तथा बन संरक्ष क्षेत्रमा निकुञ्ज र बन आसपास बसोबास गर्दै आएका आम उपभोक्ताहरु बिचमा एउटा पुलको भुमिका निर्वाह गर्ने उद्देश्यका साथ २०५७ सालतिर उपभोक्ताहरु बिच मध्यवर्ती अवधारणा अघिबडाउदै उल्लेखनीय भुमिका बहन गर्दै हाल सम्म निरन्तर लागिरहेको यस संस्था करिब २०६२/०६३ तिर तत्कालीन पर्सा राष्ट्रिय बन्यजन्तु आरक्ष कार्यालय आधाभारमा दर्ताभइ कानुनी मान्यता प्राप्त एक लोककल्याणकारी संस्था हो ।

स्थापनाकालदेखि हालको दिन सम्म संरक्षको पाटोमा यस्ले कठिनाईका थुप्रै उत्तारचढावहरु झेल्दै आईरहेको पनि छ । करिब ६० वटा टोल बचत समुह चार वटा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह र एक चोरी शिकारी नियन्त्रण उप समिति र एक जन कल्याण बचत तथा ऋण सहकारी रहेको जस मध्य झन्डै १४५० हेक्टर वन र २५२१ उपभोक्ताहरु जसमा मिहिला सदस्य १०२० र पुरुष सदस्य १५०१ रहेको अध्यक्ष अमृतलाल श्रेष्ठले मिलाप खबरलाई जानकारी गराउनु भयो ।

आजको साधारणसभामा ६० वटा टोल बचत समुहका अध्यक्ष सचीव र उपाध्यक्षहरुको करिब १८० हाराहारीमा उपस्थित हुनुपर्ने तर अचेल उपभोक्ताहरुको कुरै नगरौ उपभोक्ताहरुको अगुवाहरूमा पनि त्यो उत्साह र पहिलेको झै चासो देखिएन । यसमा मानिसको ब्यस्तता हो या मध्यवर्ती अवधारणा प्रती आम उपभोक्ताहरुको बितृष्णा आजको यो जनहित मध्यवर्ती उपभोक्ता समितिको १८ औ बार्षिक साधारण सभाले एउटा सोच मुलक अध्यन गर्नुपर्ने प्रस्न उब्जाएको छ । जुन चाहिँ आजको आवश्यकता पनि महसुस गरिएर बेला बेलामा आम समुदायमा उठने गरिएको सवाल हो ।

यस प्रस्नको सवालमा आजको सभामा बिशिस्ट अतिथिको रुपमा उपस्तिथि हुनुभएका पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सिनियर प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा ज्युको बिचार र भनाईमा समयसापेक्ष र लजिकता देखिन्छ । उहाँ यस क्षेत्रमा निकुञ्जका प्रमुख भएर आउनु भएपछि यस क्षेत्रमा बन संरक्षण पर्यपर्यट्न,बन्यजन्तु,वातावरण र मानव समुदायमा त्यसको आवश्यकता र प्रभावको बारेमा उल्लेखनीय भुमिका बिषयमा जन चेतना जगाउन समुदायको सकृय भुमिका हुनुपर्ने कुरामा ज्यादै मेहनतका साथ जोड दिदै आईरहनु भएको छ । यस क्षेत्रको पर्यटन बिकास र प्रबन्धको लागि पर्सा राष्ट्रिय निकुञ्ज वनभित्रको बाटोलाई चितवन राष्ट्रिय निकुञ्ज सङ्ग जोड्नु पर्ने अवधारणा त्यसको लागि २५ अवरोध र २५ सामधानको गुरुयोजना सहित क्याबिनेटमा राखेको कुरा अति दुरदर्शि भिजन हो ।

उहाँका अनुसार समितिले उपभोक्ता वर्गलाई केवल बचत गराउने समुहको सदस्यता दिलाउने काम मात्र गर्नुभएन । भोट हाली सकेपछि जनताको केही काम नभएको जस्तो गर्नु भएन त्यसका साटो मानव र बन्यजन्तु बिचको दोन्द र त्यसको न्यूनीकरण, बन बाताबरण र हाम्रो भुमिका सम्बन्धमा उनीहरु सङै हातेमालो जस्ता कार्यहरु गर्न सके समुदायमा कर्तव्य र अधिकारको बोधभई संरक्षण र सहभागितामा अपनत्तो लिने त्यसको साथै समितिले समग्ररुपमा सबैको बिचार,आवस्यकता साझ योजना र अन्तमा समितिको साधारण सभा राख्ने गर्नुपर्दछ ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको संस्थाको प्रतिवेदनमा पनि संस्थाले धेरै योजना बनाएर टोल समुहका अध्यक्ष सचीवहरुको अगि सारेको तर त्यसमा रुपैया पैसाको कमी र ब्यस्तताको कारण १% पनि काम हुन नसकेको देखिन्छ । जसलाई फेरि आगामी कार्य योजनामा सार्नु धेरै काम देखाएर उपभोक्ता आफ्नो बनाउन खोज्नु र काम केही नगर्नु प्रबिधिलाई जोडदिएको भानहुन्छ । बरु त्यसको साटोमा कम योजना बनाउनु धेरै गर्नु एक टोल समुहका अध्यक्षले हामी संगको कुराकानी गर्नेक्रममा व्यक्त गरेका छन् ।

समितिको बार्षिक साधारण सभा जस्तो अति महत्वोपुर्ण र उपभोक्ता हरुको अगुवा प्रती पारदर्शीता र जवाफदेहिता हुनुपर्ने अवस्थामा समितिका सचिव जस्तो जिम्मेवार र गरिमामय पदमा रहेका पेशल मुल्मी स्वागत मन्तव्य पछि कार्यक्रम स्थलबाट नै लापत्ता रहनु यस बिषयले पनि गम्भीर प्रस्न उठाएको छ । यदाकता समितिको बिचमा एकता र एउटै मन नभएको अरुको बिचार र योजनाको अध्यक्षले कदर नगरेको होकि भन्ने प्रस्न उठेको देखिन्छ । जे भएपनी सचिवले त्यो कुरा समिति भित्रनै हलगर्ने प्रयास गन्नुपर्थ्यो त्यसो नहुदा उपस्तिथित अतिथि, प्रमुख अतिथि,सम्पुर्ण सभाका उपस्थिति र आफू प्रतिनिधि भएर आएको क्षेत्रका अवहेलना भएको छ जुन चाहिँ भाबिपिडीले पनि सिक्न सक्ने समुदायमा खताराको अर्को प्रस्नको बिषय बनेको छ ।
तसर्थ यो १८ औ साधारण सभाले समितिमा एकता समुदायलाई नेतृत्व गर्ने कुरामा हातेमालो र आपसी प्रेम र मिलाप आओस हाम्रो शुभकामना छ ।