प्रेम घीमीरे /पर्सा

बिरगंज :एन सि एफ नेपालको केन्द्रिय युवा बिभागको आयोजनामा Mental Health Workshop सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा बिरगंज लगायत बारा , सर्लाही र मकवानपुरका युवाहरुको उपस्थिति रहेको थियो । आयोजक Ncfn का युवा बिभागका अध्यक्ष लाजरस तामाङको अनुसार डिप्रेसनमा जाने सम्बन्ध्मा सबै अगुवा/पाष्टरहरुलाई जानकरी दिन यो कार्यक्रम ३०/४० जना अगुवाहरुको बिचमा गरिएको हो ।

एन.सि एफ एन मधेस प्रदेशका अध्यक्ष पाष्टर आशिष लामाको प्रमुख आतिथ्यमा सुरु भएको उक्त कार्यक्रममा ncfn युवा बिभाग का केन्द्रिय अध्यक्ष लाजरस तामाङ ,ncfn का मधेस प्रदेश युवा बिभागका अध्यक्ष रबिन श्रेष्ठ, ncfn बागमती प्रदेशका सचिव वीर रत्न दोङ्गको स सचिव बिकास थापा,एन.सि.एफ नेपाल मधेस प्रदेश महिला बिभागकि अध्यक्ष लिला पहरी सचीव अर्चना थापा,कोषाध्यक्ष मेरी लामा सल्लाहकार सिमोन राई लगाएतका उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा मानसिक स्वास्थ सम्बन्धि एन.सि.एफ.नेपालका केन्द्रिय युवा बिभागका स- सचीव पास्टर बिकास थापा र नेसनल मिडिकल कलेज नर्सिङ डिपाटका प्रोफेसर गगा गुरुङले मानसिक डिप्रेसन सम्बन्धमा प्रष्टपार्दै यसको समाधान र होसियारीपन बारे उपस्थित समुहलाई स्पष्ट पार्नुभएको थियो ।

पर्सा ख्रीष्टियान समाज का अध्यक्ष राम प्रसाद घिमिरेले प्रार्थना द्वारा सुरु गर्नु भएको कार्यशालामा पर्सा, बारा र सर्लाहीका पाष्टर अगुवाहरु को उपस्थिति रहेको थियो आज भएको उक्त कार्यशालाको संचान एन.सि.एफ.नेपालको केन्द्रिय युवा बिभागका सचीव रोस तामाङले गर्नुभएको थियो।

Premium SEO Backlinks
Premium SEO Backlinks