ठोरी: पर्सा ख्रीष्टियान समाज को १७औं साधारणसभा पर्साको पर्सागढी ३ स्थित इन्दु रिसोर्टमा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सभाको अध्यक्षता समाजको वर्तमान अध्यक्ष राम प्रसाद घिमिरेले गर्नु भएको थियो भने उक्त साधारणसभामा पर्सा जिल्लामा रहेका २५ वटा चर्च का पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो। उक्त साधारणसभा मा विभिन्न कार्यक्रम जस्तै पुस्तक बिमोचन ,एस इ इ मा उत्कृष्ट श्रेणी ल्याउने छात्र तथा छात्रा लाई नगद पुरस्कार तथा सम्मान गरिएको समाजका महासचिव राजकुमार गजमेरले बताउनु भयो।

यसै सन्दर्भमा उपस्तिथि भएकाहरुको माझमा डा.सिमोन राईद्वारा लिखित “मेरो परिवार खुसी परिवार “नामक पुस्तक बिमोचन गरिएको थियो। समाजका अध्यक्ष ,समाजसेयवी आस बहादुर गुरुङ , समाजकि महिला बिभागकी अध्यक्ष सुजाता क्षेत्रीले सम्युक्त रुपमा उक्त पुस्तक बिमोचन गर्नु भएको हो। उक्त पुस्तक मा समाबेस भएका बिषय बस्तुले समाजमा राम्रो प्रभाव पार्नसक्ने कुरा लेखक सिमोन राई ले बताउनु भयो।

यसैगरी यस वर्ष SEE मा उत्कृष्ट नम्बर ल्याउने छात्र तथा छात्रा लाई पनि पर्सा ख्रीस्टियान समाजद्वारा पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको थियो । समाज मा आबद्ध भएका चर्च बाट SEE सहभागी छात्रा तथा छात्र मध्यबाट छात्र तर्फ बिरगंज क्वाइनोनिया चर्चका सागर महतो 3.62 GPA ठोरी गा पा सुबर्ण पुर नबजिवन चर्चकि छात्रा एलिशा लोप्चनले 3.21 GPA ल्याउनु भएकोमा उहाँहरुलाई नगद पुरस्कार तथा खादा लगएर सम्मान गरिएको हो ।

Premium SEO Backlinks
Premium SEO Backlinks