इश्वर प्रताप लामा( आशिष ) मिलाप खबर,सिमरा बारा, जितपुर सिमरा उपमहानगर पालिका वडा न ३ ले आफ्नो वडामा अवस्थित टोल,मठ मन्दिर ,गुम्बा, चर्च लगायत स्कुललाई सफा र हराबरा राख्ने अभियानलाई तिब्रता दिएको छ ।अहिले वर्तमान समयको पिडीहरुलाई सुन्दर सफा र हरबरा वातावरण देख्नपाउनु अति सोचनिय बिषय बन्दै गइरहेको अवस्थामा आफ्नो वरपर सधै सफा र स्वच्छ वातावरण बनाई राख्नको निमित्त नयाँ पिडिहरुको बीचमा चेतना मुलक सन्देशको लागि आफुले वडाबासीहरु संग हातेमालो गरि यो अभियान चलायको कुरा वडा अध्यक्ष तारा बहादुर कार्कीले मिलाप खबर संगको कुराकानीको क्रममा बताउनु भयो । गत असाढ १८ गतेबाट सुरुवात गरिएको यो अभियानले हिजो एक कार्यक्रमको आयोजना गरि यस टोलमा रहेको उर्केन टासिङ छोलिङ गुम्बा र शिव मन्दिर लगायत करिब १ किलोमीटर टोल सफा गरेको थियो । आफ्नो पार्टीका नेता तथा वडा अध्यक्षको यति सुन्दर लोक प्रिय योजना भएकोले आफू र आफ्नो कमिटीका सदस्यहरु लागायत पार्टी कर्याकर्ता र वडाबासीहरु लागिपरेका पार्टीका वडा कमिटी अध्यक्ष तरक प्रसाद चिमरियाले जानकारी गराउनुभयो ।साथै उहाँले यस अभियानमा आफ्नो बहुमुल्य समय दिनुहुने सम्पुर्णलाई मुरी मुरी धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस कार्यलाई निरंतरता दिने बताउनुभयो ।

Premium SEO Backlinks
Premium SEO Backlinks