इश्वर प्रताप लामा ( आशिष) सिमरा, बारा

बाराको जीतपुरसीमरा उमनपा वडा नं ३ को आयोजना तथा विरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा एक दिने आँखा तथा दाँत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष तारा बहादुर कार्कीको सक्रिय पहल तथा आफ्नो वडा का बासिन्दाहरू को स्वाथ्यमा सुधार ल्याउन कार्कीको योजना र विशेष चासोको कारण उक्त कार्यक्रम आयोजना गरिएको वडा सदस्य चिन बहादुर पाख्रीनले हामी सँगको कुराकानीमा बनाउनु भयो।

वडाको स्वाथ्य कार्यालयमा भएको उक्त शिविरमा विपन्न वर्ग, असाहाय बृद्ध बृद्वा लगायत महिला तथा बालबालिका र आसपासका वडाहरू बाट गरी करिब एक सय असी हाराहारीका आँखा तथा दाँतका बिमारीहरूले उपचार गराएका थिए ।

विशेष गरी रुपैया पैंसा को अभाव, अहिलेको युवापुस्ताले आफ्नो वृद्ध वृद्वा अवस्थाका आमा बुवाको स्वास्थ्य तथा सुधारमा ध्यान नदिनु जस्ता अन्य धेरै कारणहरुले गाँउघरमा समस्या झेलीरहेका व्यक्ति हरुलाई वडाले गरिदिएको यो कार्य अतिनै प्रसंसनिय तथा धन्यवाद योग्य का रहेका शिविरमा आएका एक वृद्धाले हर्षका साथ बताउनु भयो ।

आँखा तथा दाँतका बिमारीहरु लाई एकतर्फी बिरगंज सम्म जाने गाडिको व्यवस्था अस्पतालमा रहँदा खेरीको विमारी र कुरुवा दुबैलाई लाग्ने भेड खर्च, खाना खर्च,१४ हजार सम्मको लेन्स तथा डक्टर फिस निशुल्क विरगंज सामुदायिक आँखा अस्पताल ले सहयोग गर्ने र वडा कार्यालयको तर्फबाट सहयोग स्वरूप प्रत्येक बिमारीलाई फलफुल अण्डा लगायतका प्रतिब्यक्ति नगद रु. २५०० सहयोग गर्ने ब्यवस्था तथा प्रतिबद्धता वडा अध्यक्ष तारा बहादुर कार्कीले गर्नुभएको अस्पताल व्यवस्थापन टिमका संयोजक प्रेम धीमिरेले बताउनु भयो ।

Premium SEO Backlinks
Premium SEO Backlinks