सिमरा बारा, इश्वर प्रताप लामा ( आशिष)

जीतपुरसीमरा उपमहानगर पालिका वडा न -३ ले आफ्नो वार्षिकी योजना अन्तरगत जनताको स्वास्थ्य सम्बन्धमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न कार्यक्रमहरुको लागि आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेको छ ।

आफु निवार्चित भएर आएलगत्तै आफुले चुनावी दौडाहामा आफ्नो मतदाताहरू सँग गरिएको बाचा स्वरूप आफुले जनताहरूको प्रत्यक्ष सरोकार राख्ने त्यस्ता धेरै विषयहरूमा योजनावद्ध तरिकाले काम गर्न लागिपरेको वडा अधक्ष्य तारा बहादुर कार्कीले मिलाप अनलाइन डट कम लाई बताउनु भयो ।

त्यसै अनुरूप वडा ले प्रत्येक १५/१५ दिनमा गर्भवती महिला हरुको लागि निशुल्क स्वास्थ्य चेकजाँच, प्रति ब्यक्ति एक एक क्रेट अण्डा दिने कार्यक्रम सञ्चालनमा ल्याएको अधक्ष्य कार्कीले जानकारी दिनुभयो । स्वाथ्य परिक्षण र निशुल्क औषधी वितरणको लागि मिति २०८०-०२-१३ शनिवार विहान १० बजे देखि वडाको स्वाथ्य भवनमा कार्यक्रम आयोजना गरिएको जानकारी वडाले सुचना निकाली सर्वसाधारणमा गराएको भएतापनि अधक्ष्य आफै टोलटोलमा ई-रिक्सा लिएर गई आफ्नो टोलवासीहरुलाई स्वाथ्य परिक्षण मा सहभागी हुन अनुरोध गरेको प्रत्यक्ष दर्शीहरु बताउछन्