आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको साथीको घरमा लुकेर बसेका थिए

विशेष ब्युरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्युरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव टोप वहादुरलाई ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

उनलाई अहिले प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए । श

पक्राउ गरेपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको थिए। उनलाई त्यस पश्च्यात म्याद थपको लागि प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ । 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर करौडौ घुस लिएको आरोपमा टोप बहादुर पक्राउ परेका हुन्

इश्वर प्रताप लामा

सिमरा