पर्सा जेष्ठ ११,इश्वर प्रताप लामा ( आशिष)

पर्सा गा. पा. , वडा न. ३, ब्रम्हानगर मा ९२ घर घुरीभएका “रोले खान्दान” परिवारहरु मिलेर बजेट रकम रु. पाँच लाख को स्टमिटमा, करिब चार कठ्ठा जति ऐलानी जग्गामा “श्री छिर्लिङ भिमसेन पार्क ठोरी पार्क निर्माण कार्य आज एक कार्यक्रमको विच सम्पन्न भएको छ ।

आज बिहान ८ बजे ठोरी गा. पा. अध्यक्ष लाल बहादुर श्रेष्‍ठ द्वारा रिबन काटी उत्घाटन गरिएको हो। उक्त कार्यक्रममा ठोरी गा. पा. ३ न. वडा कार्यलय अध्यक्ष शम्भु खड्का सहित वडा सदस्यहरु, श्री ने. रा. आधारभुत ब्रम्हपुरी विद्यालय ठोरी ३ पर्साका प्र. अ. सुर्य बहादुर खड्का, ग्रामिण पत्रकार समाज पर्सा का अध्यक्ष धमेन्द्र लगायतको उपस्थितीमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमका सञ्चालक तथा प्रतिक दैनिक पत्रिका सम्पादक प्रताप श्रेष्‍ठका अनुसार उक्त पार्क, जिजु छिर्लिङ र जिजु भिमसेन, उहाँ हरू आफ्नै दाजु भाईहरू हुन र उहाँहरूका सन्तानहरू रोले मिलेर यो पार्क निर्माण गरेका हुन। यस पार्कमा, बिहे, सामुदायिक सभा, राजनैतिक सभा जस्ता कार्यहरू सरसफाईको मापदण्ड भित्र रहेर गर्न पाइने कुरा पर्सा बाट सहकर्मी किरण श्रेष्ठले मिलाप अनलाइन डट कम लाई बताउनु भयो ।
उदघाटन कार्यक्रम लाइ ठोरी गा. पा. अध्यक्ष लाल बहादुर श्रेष्‍ठले सम्बोधन गर्दै गाउँपालिका .बाट पनि आगमी बजेटमा पुरा सहयोग गर्ने आश्वासन दिनुहुदै खाने पानीको लागि बोरिङ र स्वीमिङ पुल गा. पा.बाट निर्माण गरि पार्कको सौन्दर्य अझै बढाउने कुरा र जग्गा अझै बढाउनु पर्ने र बृक्षरोपण पनि गर्नु पर्ने सल्लाह दिनुभयो।

Premium SEO Backlinks
Premium SEO Backlinks