अषाढ २’मिलाप खबेर, पोखरा

यो बर्ष धेरै तराईका पुर्वी तथा पश्चिमी जिल्लाबाट अत्याधिक गर्मि बडेका समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यो बर्ष हिमाली क्षेत्रमा पनि गर्मी बडेको छ। सोलुखुम्बु जिल्लाको नाम्चे बजार क्षेत्रमा यो बर्ष १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। यो १२ बर्ष यताकै सबैभन्दा बढी हो ।

गर्मि बडेर तराईका सर्वसाधारण बजारी क्षेत्रमा भएका बैंक तथा एसि भएका ठाउँमा बसेर गर्मी छलेका समाचार पनि भाइरल बने ।

तर नेपाल जल तथा मौसम विज्ञान विभागले असार १ गते बाट नेपालमा मनसुन सुरु भएको जनाएको छ। नेपालमा मनसुन सुरु भएसंगै कृषकहरुका लागि मानो रोपेर मुरी फलाउने उत्सव सुरु भएको छ। आकाशे पानीको भर पर्नुपर्ने स्थानमा बीउ लगाउन सुरु हुँदैछ भने सिचाइ राम्रो भएको ठाउँमा धान रोपाई सुरु भएको छ।

प्रमोद शर्मा
पोखरा

Premium SEO Backlinks
Premium SEO Backlinks