इश्वर प्रताप लामा(आशिष ) बारा
सिमरा:नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।विश्व बाघ दिवसका अवसरमा हालै गरिएको बाघ गणनाको नतिजा बुधवार सार्वजनिक गरिएको हो।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त नतिजा सार्वजनिक गरेकी हुन्।नेपालमा सन् २००९ देखि चार-चार वर्षमा बाघ गणना नियमित रूपमा गरिँदै आएको छ। यसअघि सन् २०२१ मा बाघ गणना भएको थियो।
उक्त गणनामा नेपालभरि प्राकृतिक वासस्थानमा ३५५ वटा वयस्क बाघ भएको सार्वजनिक भएको थियो। तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ थिए।
यो बर्ष बारा,पर्सा,रौतहट लगाएत वन डिभिजन क्षेत्र आसपासमा बाघको संख्या बडेर ४१ बाट ७१ पुगेको पर्सा राष्ट्रिय निकुञ्ज आधार कार्यालयका रेन्जर जयराम न्यौपानेले आज एक कार्यक्रममा बताउनुभयो ।अहिले सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ १४५ वटा बाघ छन्।बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ११२ बाघ गणना भएको छ।

बिश्वबाघ दिवसको औसरमा पर्सा राष्ट्रिय निकुञ्ज,ZSL र जनहित उपभोक्ता समितिको आयोजनामा आज बाराको सिमरामा एक अन्तरक्रिया कार्यक्रम आयोजनागरि बाघ मित्र अभियानको बिषयमा के कति उपलब्धि र समस्याहरु छ भन्ने बिषयमा प्रष्टपारेका थिए । पर्सा राष्ट्रिय निकुञ्ज,ZSL नेपालले बिगत एक डेढ बर्ष यतादेखी बाघ मित्र अभियान चलाउदै आईरहेका छ । जसको उदेश्य बाघको अस्तित्व र हाम्रो आवस्यकता अनि बाघ आफैमा हानिकारक प्राणी होइनन् भन्ने बिषयमा जनचेतना जगाउनु हो । यो अभियानले त्यसको लागि बाराको अमलेखगञ्जक्षेत्रमा २ जना,पर्साको सुनाखरीक्षेत्रमा २ जना,कुशुमबाटिकाक्षेत्रमा २ जना,निर्मल बस्तीक्षेत्रमा २ जना,पन्चमुखी क्षेत्रमा २ जना,जनहित उपभोक्त समिति क्षेत्रमा २ जना र वन डिभिजन क्षेत्रमा ५ जनागरि १७ जना अभियान्ताहरु रहेको र हालसम्म उहाँहरुको पहलमा ११५ वटाभन्दा बढी जनचेतनामूलक कार्यक्रमहरु बाघ मित्र सम्बन्धमा भइसकेको ZSL का फिल्ड प्रतिनिधि प्रचण्ड महर्जनले जानकारी दिनुभयो ।

तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ रहेको छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ रहेको छ । पछिल्ला दिनहरूमा संरक्षण क्षेत्रका साथै मध्यवर्ती क्षेत्रमा देखिएको बाघको अवस्था, बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा यस गणनामा बाघको सङ्ख्या थपिने अनुमान गरिएको छ । बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो ।

यसरी पहिलेको तुलनामा यस क्षेत्रमा बाघको संख्या बडेकोमा सबैलाई बधाई दिदै राधाकृष्ण म.सा.व.स.का अध्यक्ष सत्य बहादुर श्रेष्ठले अन्य जन्तुहरुले बाघको तुलनामा अरु बन्यजन्तुले अझबढी उपभोक्ताहरुलाई दु:ख दिइरहेकोले त्यस सम्बन्धि पनि अभियान चलाउनुपर्ने कुरामा जोडदिनुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा भिमेश्वर म.सा.व.स.का अध्यक्ष सुमन मगर,मुसहर्नीमाई .सा.व.स.का अध्यक्ष आशिष श्रेष्ठ,जनजागरण म.सा.व.स.का अध्यक्ष इश्वरीलामा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका कर्मचारी लागाएयत जनहित म.उ.समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष अमृतलाल श्रेष्ठले सबौलाई बधाई तथा धन्यवाद दिदै अझ अभियानमा लाग्न सबै डाटाहरु सहित तयार हुनुपर्ने कुरा बताउनुभयो ।

