प्रमोद शर्मा ,मिलाप खबर पोखरा

घरेलु टोली केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो म्याचमा नेपाल ४ विकेटले विजयी भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालल १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।नेपालका जितमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४६ रनको योगदान दिए। डेब्यू खेलाडी अर्जुन साउँदले ३१ बलमा ३ छक्का र २ चौकासहित ३५ रन जोड्दा रोहित पौडेलले २९, पवन सर्राफले २०, मोहम्मद आदिल आलमले १६, दीपेन्द्रसिंह ऐरीले ६ र आरिश शेख ४ रनमा अविजित रहे।केन्याका लागि भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। उसका लागि राकेप पटेल र इरफान करिमले अर्धशतकीय पारी खेले। पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ७३ रन बनाउँदा करिमले ४७ बलमा ४ चौका र २ छक्कासहित अविजित ५५ रनको योगदान दिए। कोलिन्स ओबुया १४ र सुखदीप सिंह ८ रनमा आउट भए। नेपालका लागि सोमापल कामी र आदिल आलमले १–१ विकेट लिए।यस जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ। पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराउँदा दोस्रो खेलमा केन्या १८ रन विजयी भएको थियो। नेपाल र केन्याबीचको चौथो म्याच सोमबार हुनेछ।पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।

Premium SEO Backlinks
Premium SEO Backlinks