इश्वर प्रताप लामा( आशिष ) मिलाप खबर बारा, पर्साको बिरगंज महानगर पालिका वडा न ३२ रामबन टेडामा रहेको लक्ष्मीदिप बचत तथा ऋण सहकारी सस्थामा चोरी भएको छ । रातको समय पारी अफिसको पछाडिको झ्यालबाट रड बाङ्ग्याई ढोकामा भएको सानो जाली हटाइ त्यसैबाट भित्र पसी चोरी गरेको अफिसमा भएको सि सी क्यामरामा देख्न सकिन्छ । मानिसहरूको आवतजावत गर्ने बाटो नजिकै उक्त सहकारी भएपनी त्याहा बसोबास गर्ने मानिसहरुको बस्ती अलि नजिक नभएकोले चोरहरुले यस्को फाइदा उठाएको हो । देशमा बेरोजगार बड्दै गइरहेको, रोजगारी पाइहाले पनि सनोतिनो रोजगारमा नलाग्ने बरु जाड रक्सी र जुवा तास जस्ता मोजमज्जामा समयहरु खर्चने प्रबिधि गाउँ, शहरका युवाहरूमा देखिन थालेकोले पनि चोरी चाकरीमा वृद्धि भएको हो ।चाड पर्वहरुको समय नजिकैदै जादा तराईमा चोरहरुको बिगबिगी झन बड्ने गर्दछ ।बड्दो महँगी, इच्छा र आवस्यकता धेरै ,मेहनत गर्न नचाहने यस्ता युवाहरुको सिकार बेला बेलामा यस क्षेत्रमा भएको सहकारी बन्दै आइरहेको छ । यसैको उपज स्वरुप चोरी भएको उक्त सहकारीको सि सी क्यामेरा पुटेजको आधारमा वडा न ३२ टेडा निवासी २१ बर्षिय करण माझी पक्राउ परेकाको छ । पक्राउ परेको माझीलाई जिल्ला प्रहरी कार्यालय बिरगंजमा थुनामा राखिएको छ भने अर्को एकजना बिरगंज महानगर पालिका वडा २० अपौनी घरभइ मामा घर, टेडामा बस्दै आइरहेका सुनिल राय नट भने फरार रहेको छ । चोरहरुले उक्त सहकारीमा भएको नगद ९५ हजार लाग्नुका साथै दुई थान सि सि क्यामरा एक थान कम्प्युटर र टेबलका सिसा फुटाईदिएको कुरा सहकारीको संचालक सुसन पौडेलले हामीलाई जानकारी दिनुभयो ।
Related Post
सुन्यको विरुद्ध नौ गोलले बारा राईडर बिजयी
भदौ ३०, २०८३ भदौ ३०, २०८३ भदौ ३०, २०८३
Aashish Lama
विपदको समय नेपाली चर्चहरुको भुमिका
भदौ २४, २०८३ भदौ २४, २०८३ भदौ २४, २०८३
Aashish Lama
बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न
साउन २९, २०८३ साउन २९, २०८३ साउन २९, २०८३
Aashish Lama
