इश्वर प्रताप लामा( आशिष ) भाद्र ५ सिमरा बारा, आवाज बिहिनको आवाज,सूचना र खबरदारी हाम्रो पहिचान भन्ने लक्ष्य र दर्शन बोकी समाज र जनताको सेवामा अविरल लागिरहने अठोटका साथ जितपुर सिमरा उपमहानगर पालिका २ सिमरामा स्टुडियो र रामबन टाडीमा मुख्य कार्यालय रहनेगरी नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण बिभागबाट अधिकार प्राप्त मिलाप अन्लाईन टिभीको आज एक समारोहका बीच धर्म गुरुहरुको उपस्थितिमा प्रार्थना र धार्मिक प्रवचनका साथ समर्पण र उदघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त उदघाटन समारोहका प्रमुख अतिथि एन सि एफ अन प्रदेश २ का अध्यक्ष नेमा लामाले कम्पनीको ब्यानर सार्बजनिक गर्दै मिलाप टिभीको अन्लाईन खबर बाचन गरेर सुनाउनु भएको थियो ।उपस्थित सभालाई सम्बोधन गर्दै यस्ता प्रकारको अन्लाईन खबर टिभीहरु अझेल धेरै मात्रामा भएतापनी प्रदेश न २ को लागि आजको आवस्यकता भएको कुरा प्रमुख अतिथि लामाले बताउनुभयो । कम्पनीमा रहेर सत्य तथ्य सूचना र खोजमुलक कार्यहरु प्रसारण र प्रचार प्रसार गर्नको निम्ति सहकर्मीको रूपमा सिराहा बाट रिपोटर असोज कुमार राम,महोत्तरी बाट अजय कुमार शाह,पर्सा बाट टीका बहादुर श्रेष्ठ बारा बाट स्टुडियो अपरेटर सुनिल तामाङ स-स्टुडियो अपरेटर सुरज मोक्तान रिपोटर बालकृष्ण बिक मकवानपुर बाट रामहरि कार्की र सम्पादकमा रौतहट बाट किरण राई कार्यकारिणी सम्पादकमा इश्वरी लामा रहेकोछ । उक्त सभामा कम्पनीको तर्फबाट कम्पनीको संचालक इश्वर प्रताप लामाले कम्पनीको लक्ष्य र उद्देश्य प्राप्तीको लागि सबैले निस्वार्थ भावनाका साथ सेवामा लाग्नुपर्ने र आवस्यकता हेरि सञ्चार क्षेत्रमा कामगर्ने योग्यता र इच्छुकहरुलाई मौका प्रदान गरिने कुरा जानकारी दिनुभयो ।
आजबाट मिलाप टिभी औपचारिक रुपमा प्रसारण हुने ।
भदौ ५, २०७९
#milapkhabaronlinetv, #MilaponlineTv, #news

Related Post
जनहितको १८ औ साधारणसभा र त्यसले निमत्याएका प्रस्न…?
बैशाख १३, २०८२ बैशाख १३, २०८२ बैशाख १३, २०८२
Aashish Lama
टोपी तथा पोषाक दिवसको औसरमा चर्च द्वारा कम्बल बितरण
पुस १७, २०८१ पुस १७, २०८१ पुस १७, २०८१
Aashish Lama
उप म.नगर द्वारा जनजागरण मा लघु उधम गोष्टि सम्पन्न
माघ ४, २०८० माघ ४, २०८० माघ ४, २०८०
Aashish Lama