मिलाप खबर,साउन ५ रामबन बारा, क्षी पर्सा राष्ट्रिय निकुञ्ज आधाभार,अन्तरगत पर्ने क्षी जन जागरण मध्यवर्ती सामुदायिक बन समुह र छिमेकी मुसहरनीमाई मध्यवर्ती बन समुहको सैयुक्त्त उपस्थितिमा बन गस्ती टोलि संरक्षणको पाटोमा सक्रियभइ लागिपरेका छन् ।यस सामुदायिक बन सिमानाको पश्चिम्पपटि साझेदारी बनको खुल्ला सिमाना रहेकोे र त्यसैलाई फाइदाकारुपम प्रयोग गर्दै चोरी तस्करी हुने बढी सम्भावना रहेको र यसै कुरालाई लिएर केही समय यतादेखी केहि ब्यक्तिहरुले सोसल मिडियामा गलत प्रचार प्रसार गर्ने गरेकोमा बन र बन्यजन्तु प्रती संबेदनसिल हुँदै सैयुक्त्तरुपमा बन गस्ती टोली परिचालन गरिएको कुरा समुहका अध्यक्ष क्षी मिकमोर ढोङ्गले जानकारी दिनुभयो ।यस बिषयमा सत्य तथ्य कुरालाई आफुले पनि नजिक बाट नियालेर हेरिरहेको र आफू स्वयम पनि गस्तीटोली सित बनभित्र गई हेर्दा बाहिर भएको हल्ला जस्तो नभएको तर केही ब्यक्तिहरुले समुहलाई बदनाम गर्न पुरानो गोलियाहरुको फोटो हाली तस्करीहरुको मिलोमतोमा गलत तरिकाले मिडियामा प्रचार प्रसार गरिएको जस्तो आफुलाई लागेको कुरा वडाका अध्यक्ष क्षी तारा बहादुर कार्कीले मिलाप खबरलाई बताउनु भयो ।

Premium SEO Backlinks
Premium SEO Backlinks