इश्वर प्रताप (आशिष ) लामा,बारा,बैशाख २२
पथलैया : बाराको जितपुर सिमरा उप महानगर पालिका १ पथलैया स्थित भिमेश्वर मध्यवर्ती सा वन उपभोक्ता समुहको सत्रौ साधारण सभा तथा छैठौं अधिवेशन एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ । समुहको आफ्नै भवनको प्राङ्गणमा सम्पन्न भएको उक्त साधारणसभामा पर्सा राष्ट्रिय निकुञ्जका बरिस्ठ प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा ज्यु प्रमुख अतिथि रहनु भएको थियो ।त्यस्तै विशिष्ट अतिथिमा वडा न.१ का वडा सदस्य अनमोल लामा,वडा सद्स्य राकेश जनहित मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष अमृत लाल श्रेष्ठ रहनु भएको थियो । अतिथिहरुमा राधाकृष्ण मध्यवर्ती सामुदाय वन समुहको अध्यक्ष सत्य बहादुर श्रेष्ठ जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष इश्वरी प्रताप लामा र समाजका बुद्धिजीवी सङ संघसंगठनका प्रमुख लगायतका रहेका थिए भने सभापतिमा अध्यक्ष पेशल मुल्मी रहनु भएको थियो ।

प्रायजसो मध्यवर्ती सामुदायिक वनको साधारणसभामा पुग्नु भएको निकुञ्ज प्रमुखले उपभोक्ताहरुको सहभागिता कम देखेपछि उपभोक्ताहरुलाई वन नचाहिएको जस्तो देखिन आएको भन्दै इच्छुक नभए र मध्यवर्ती सामुदायिक वन चलाउन नसक्नेभए निकुञ्जलाई फिर्ता गरिदिन आदेस दिनुभयो । समूहले बोलाएको साधारणसभा आउनुपर्ने चित्त नबुझेको कुरा राख्नुपर्ने समुहलाई संरक्षणको पाटोमा सहयोग गर्नुपर्ने, समुहको कार्यसमिति लाई खबरदारी र घचघचाई रहनु पर्ने,समुहको कार्यसमितिले कुनै भ्रष्टाचार र बिधान बिपरित कार्य गरेको भए यहि सभामा राखी कानुनी प्रक्रियामा जानुपर्ने त्यसो नभएर बाहिर बाहिर कुरा गर्दै हिडेर कसैलाई फाईदा नहुने उहाँको भनाइ रहेको थियो । वन कुनै ब्यक्ति वा कार्यसमितिलाई नदिएर उपभोक्ताहरुलाई दिएको हुँदा उपभोक्ताहरुलाई नचाहिने भए वन निकुञ्जलाई फिर्ता गर्नुपर्ने र पछि चाहिएको खण्डमा पुनः प्रक्रियागत तरिकाबाट आउन सकिने भन्दै उपस्थित उपभोक्ताहरुलाई कडा सुझाव दिनुभयो ।

साधारणसभामा गडपुरक संख्या पुग्नुपर्ने त्यसको लागि २ वा ३ दिन भएपनि सभा लम्ब्याउन सकिने सभामा उपस्थित नभए उपभोक्ताले समुहबाट पाउने सुभिदा कटौती गर्ने र उनीहरूले उजुरी दिनआए आफुले सो उजुरी पनि नलिने त्यसको लागि समूहले सभाको फोटो खिचेर राख्नु भन्ने उहाँको सुझाव थियो । आजको साधारणसभालाई बिचार गर्दा यो सुझाव उचित पनि थियो । १० बजेको लागि बोलाइएको उपभोक्ताहरु २ बजे सम्म पनि अनुपस्थित रहदा कार्यक्रम निक्कै ढिलोगरी सुरु भएको थियो ।

दिनको १:३० हुँदाको तस्बिर
समुहको ६ ठौ अधिवेशन भएकोले नयाँ कार्य समिति चयन गर्नुपर्ने हुँदा अध्यक्ष पेशल मुल्मीले प्रगती बिवरण र भाबी योजना प्रस्तुत गरी पुरानो कार्यसमिति बिगठन भएको घोषणा गर्दै निर्वाचन मडलका प्रमुख अमृतलाल श्रेष्ठलाई दिएपछि बन्दसत्र शुरु भएको थियो ।अध्यक्षको दाबेदारमा ३ जनाको नाम र कोषाध्यक्षमा २ जनाको नाम आएको र कुनै एक जनालेपनि आफनो नाम फिर्ता लिन नमानेकोले केही समय निक्कै समस्या र किचलो अवस्था सृजना भएको थियो । तनाव र दबाबमा कार्यसमिति चएन भएपनि एउटै समुहबाट अध्यक्ष र उपाध्यक्ष आएको र आफुहरुलाई सदस्य मात्रै दिएको भन्दै दक्षिणकाली बचत टोल समुह कानुनी प्रक्रियाको लागि निकुञ्ज जाने भन्दै निर्वाचन प्रक्रियाको बिरोध गर्दै बाहिरिएको थियो । पाठक वर्गलाई हामी जानकारी गराउन चाहन्छौ यस क्षेत्रमा ४ वटा समुह रहेकोमा संरक्षको पाटोमा सहयोग गर्ने त्यही दक्षिणकाली समूह रहेको छ । उसैलाई बाईपास गरिजादा संरक्षण गर्ने उपभोक्ताहरुको मनोबल घट्ने सम्भावना प्रबल देखिन्छ ।

अध्यक्ष अमृतलाल श्रेष्ठका अनुसार उनीहरू पहिले सदस्य पोष्टको लागि आएको र पछि अध्यक्षमा आउन चाहेकोले समस्या भएको हो । एउटै समुहको २ वटै सदस्य भाईटल पोस्तमा रहनु नहुने भन्ने समुहको बिधानमा उल्लेख नभएकोले त्यो ब्यवारिक तरिकाबाट ल्याइएको हो । चयन हुनुभएकोहरु नै आजको मितिले नयाँ कार्य समिती भएको उहाको भनाई रहेको छ ।
आजको बन्दसत्रले सुमन मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जस अन्तरगत अध्यक्षमा सुमन मगर,उपाध्यक्षमा सरस्वती लामा,सचीवमा अनिता कुमारी थिङ र कोषाध्यक्षमा अर्जुन लम्साल सहित ८ जना सदस्यहरु चयन भएको छ ।
