इश्वर प्रताप लामा(आशिष ) सिमरा,बारा
सिमरा:बाराको जितपुर सिमरा उप महानगर पालिका 3 नरबस्ती स्थित मुसहर्नीमाई मध्यवर्ती सा वन उपभोक्ता समुहको अठारौं साधारण सभा तथा ५ चौ अधिवेशन सम्पन्न भएको छ । समुहको आफ्नै पिकनिक पार्कमा सम्पन्न भएको उत्त साधारण सभाको प्रमुख अथितिमा बारा क्षेत्र न.४ क. का माननीय मधेस प्रदेशका सामसद देवनारायण चौधरी ज्यु प्रमुख अतिथि रहनु भएको थियो त्यस्तै विशिष्ट अथितिहरुमा पर्सा राष्ट्रिय निकुञ्ज आधार का संरक्षण अधिकृत सन्तोष भगत वडा न.३ का कार्य वाहक वडा अध्यक्ष माया बिक जनहित उपभोक्त समितिका अध्यक्ष अमृत लाल श्रेष्ठ रहेका थिए । अतिथिहरुमा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष पेशल मुल्मी राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष सत्ये बहादुर श्रेष्ठ जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका इश्वरी लामा लगायतका रहेका थिए ।


सबै अतिथिगणहरुले अब बन्ने नयाँ कार्य समितिको शुभकामना मन्तव्य दिईसकेपछी बन्दसत्र भित्र सभाको सभापति तथा अध्यक्ष कुबेरदत्त न्यौपानेले आर्थिक प्रतिवेदन उपस्थित उपभोक्ताहरुलाई पढेर सुनाउदै गर्दा केही खर्चको बिवरणहरु स्पष्ट नभएको भन्दै केहि समय स्थिति तनावग्रस्त बनेको थियो ।
एकजना आक्रोशित युवाहरूको सोचाइ र भनाइ अनुसार समुहमा अनियमितता भएको,हाल सम्म समुहले केही कुरामा उन्नति गर्न नसकेको र बर्सेनि काठ दाउरा कटानभइ आम्दानी भएको भए पनि जहिले पनि ऋण देखाएकोले आफुहरुलाई कार्यसमितिको शैली चित्त नबुझेकोले भन्ने दुखेसो व्यक्त गरेका थिए ।

अर्को तर्फ हेर्दा समूहले ल्याएको मिठाईहरुको हारालुट गरेको देख्दा गत चैत्र महिनामा राजाबादी आन्दोलनकारीहरुले सुपर मार्केट भाटभटेनीमा लुटपाट गरेको दृश्य झै लाग्थ्यो ।

निर्वाचन कमिटिका संयोजक अमृतलाल श्रेष्ठले नयाँ कार्यसमिति चयन गरौ संस्था को विधि र बिधान अनुसार जाउ,यहीँ सभाबाट पुरानो कार्य समितिले गरेका हर हिसाबहरु हेर्न एउटा् छनबिन समिती बनाउ भन्दै उपस्थिति सम्पुर्ण उपभोक्ताहरुलाई शान्त गराउदै समुहको विधि र बिधान अनुसार निर्वाचन गराएका थिए । जस अन्तर्गत नयाँ कार्यसमितिको अध्यक्षमा कृष्णचन्द्र श्रेष्ठ (आशिष ) उपाध्यक्षमा रत्न खत्री ,सचीवमा शिवनाथ चौधरी कोषाध्यक्ष मा शिवहरी सिटौला चएन भएका छन् भने पाँच सदसिय छानबिन समिति पनि उक्त साधारणसभाले चयन गरेकाछन् ।
