किरण श्रेष्ठ,ठोरी पर्सा

पर्सा : ठोरी ख्रीष्‍टियन समाजका उप-समिति ठोरी ख्रीष्‍टियन महिला आमा दिदी बहिनी समितीको आयोजनामा श्री नेपाल राष्‍ट्रिय आधारभुत विद्यालय निर्मलबस्ती ठोरी-४ मा सरसफाई कार्यक्रम सम्पन्‍न भएको छ । उक्त समितीमा ठोरी-३ निवासी अध्यक्ष जमुना श्रेष्‍ठ, ठोरी-३ निवासी सचीव लक्ष्मी (एस्तर) श्रेष्‍ठ, ठोरी-४ निवासी कोषाध्यक्ष शोभा गोले लगाएत पदाधिकारी सगित १५ जनाको समुह रहेको छ।

यस सरसफाई कार्यक्रम उप समिति , बिद्यालय व्यवस्थपन समिती र विद्यालय शिक्षकहरूको संवनयनमा सम्पन्‍न भएको हो। बिहान ६ बजे देखी ११ बजे सम्म गरिएको यस सरसफाई कार्यक्रममा ठोरी गाउपालिका अन्तरगत पर्ने चर्चका गुरूजनहरु पाष्‍टर शेर बा. मोक्तान, पाष्‍टर विर बा. गन्धर्भ, पाष्‍टर डिल बा. घलान, पा भक्त(रोशन) सुनुवार सहित चर्चका सदस्यहरूको सहभागिता रहेको थियो । उक्त सरसफाइ कार्यक्रममा जवानहरु, आमा दिदीबहिनीहरु र जेष्‍ठ नागरिकहरूको पनि उल्लेखनीय रुपमा सहभगिता रहेको थियो।उक्त विद्यालय परिसर भित्र र बाहिर सम्पुर्ण ठाउँहरुमा र सरसफाइ गरिएको थियो ।सरसफाई पछि विद्यालय सफा र स्वच्छ देखिएकोमा खुसी व्यक्त गर्दै बिद्यालय ब्यवस्थापन समिती र बिध्यार्थीहर्य्ले धन्यवाद ज्ञापन दिएका थिए ।


विद्यालय परिसर भित्र र हरेक कक्षाकोठाहरुमा डस्टपिनको व्यवस्था रहेको भएता पनी पल्सटिक जन्य फोहोरहरु जताततै रहेको अवस्था थियो।“विद्यालय सरसफाई को लागी हरेक शुक्रबार शिक्षक तथा विद्यार्थीहरु मिली सरसफाई गर्ने गरेको र सरसफाई सम्बन्धी विभिन्‍न प्रशिक्षन दिंदा पनि विद्यार्थीहरुमा न्युन रुपमा परिवर्तन आएको” भनि प्र. अ. गोपी लाल श्रेष्‍ठले बताउनुभयो। साथै ख्रीष्‍टियन समाजका आमा दिदी बहिनीहरुको अभियानमा सम्पुर्ण ठोरी वासी ख्रीष्‍टियनहरु मिली यसरी हाम्रो विद्यालय सरसफाई गरिदिनुभकोमा खुसी प्रकट गर्दै मुरी मुरी धन्यबाद दिदै सहभागीहरुको लागि खाजको व्यवस्था गरिदिनु भएको थियो । साथै ठोरी ख्रीष्‍टियन समाजको यस कार्यक्रमले यो समाजमा राम्रो उदाहरण र जनचेतना मिलेको कुरा पनि बताउनुभयो।
“स्वच्छ र सफा वातावरण भएको ठोरी हुनुपर्छ भन्‍ने उद्देश्यले यो सरसफाई अभियान सुरू गरेका हो,जसअन्तरगत यसको शुरूआत चाहिँ विद्यालयहरुबाट अगि बडाइएको भनि अध्यक्ष जमुना श्रेष्‍ठले बताउनुभयो। साथै यस अघि पनि २ वटा विद्यालय र ठोरी गाउपालिक कार्यलय परिसर भित्र सरसफाई गरिसकेको” मिलाप खबर संग कुराकानीमा उहाले जानकारी गराउनु भएको थियो ।