इश्वर प्रताप लामा ( आशिष )सिमरा, बारा क्षेत्र नं. ४ क. को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी अघिल्लो पटकको निर्वाचनमा पराजय भोग्नु परेको भएता पनि यस पटकको निर्वाचनमा भने निर्वाचित भएका छन् । शैक्षिक पेसा छोडेर लामो समय देखि राजनीतिमा होमिनु भएको चौधरी तीन हजार ६ सय २० मतको भारिमतान्तरले बिजयी भएका हुन् ।
चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन् । शैक्षिक पेसा देखिनै आफ्नो काम र जिम्मेवारी प्रती लगनशील र मेहनती चौधरी राजनीति मा पनि त्यतिनै मेहनती ,मिलनसार र जनताको दु:ख सुखमा साथ दिने नेताको रुपम यस भेगमा चिनिन्छ । उहाको कामलाई बुझेर यस पटक यस क्षेत्रका जनताहरुले कदर गरेकाछन् ।