मसिर १० सिमरा ,बारा ब्राइटर एकेडेमी बोडिङ्ग स्कुल सिमराले आज आफनै बिद्यालयको बैठकहलमा आफ्ना विद्यार्थीहरुको अभिभावकहरुलाई निमन्त्रणा गरी बिषयगत शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रमको सुरुवात राष्ट्रियगान बाट सुरुगरिएको र आफुहरुले अभिभावकहरुको गुनासो र बिद्यालयलाई सहि सल्लाह दिन कार्यक्रममा बिषयगत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको भन्दै कार्यक्रमका संचालक एवम् बिद्यालयका हेडमास्टर राजु कार्कीले सबै शिक्षकहरुको क्रमश परिचय गराउनु भएको थियो । सह हेडमास्टर चन्दन चौधरीले कार्यक्रममा समय लिदै विद्यार्थीहरुको सिक्ने स्वभाव र उनीहरुको सिकाईलाई अझ विकसित गराउन बिद्यालयले परिवर्तनको लागि उठाएको कदम बारे अभिभावकहरुलाई जानकारी गराउदै सल्लाह र सुझावको लागि अनुरोध गर्नुभएको थियो । उक्त कार्यक्रममा एक अभिभावकले शिक्षकहरुले सबै बिषयको गृहकार्य मात्र नदिएर विद्यार्थीहरुलाई याद गर्न पनि दिनुपर्ने सल्लाह दिनुभएको थियो । केही अभिभावकले बिद्यालयले समय सान्दर्भिक शिक्षकहरुलाई तलब सुहाउँदो दिनुपर्ने र त्यसो नभएमा शिक्षकहरुले मन लगाएर विद्यार्थीहरुलाई नपढाउने हुँदा अभिभावकहरुले अपेक्षा गरेनुसार नतिजा आउन नसक्ने बताउनुभयो । अर्का एक अभिभावकले बिद्यालयले महँगो शुल्क लिने गरेको, अतिरिक्त क्लास पनि लिने र त्यसको लागि छुट्टै शुल्क तिर्नुपर्ने भएकोले किन बिद्यालयले कक्षामा नै विशेष पढाई लागुगर्न नसकेको भन्दै प्रस्न गर्नुभयो । कार्यक्रममा प्राय अभिभावकहरुले ब्राइटर एकेडेमीले शैक्षिक क्षेत्रमा छोटो समयमा नै लामो फड्को मारेको र जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद तथा बधाई दिएका थिए । आफ्नो नानी बाबुहरुको कमी कमजोरीहरु बिषयगत शिक्षक शिक्षिकाहरुलाई राख्न पाउँदा र शिक्षकहरुबाट पनि सुन्न पाउँदा ज्यादै खुसी लागेको र आफुलाई कार्यक्रममा निमन्त्रणा गरिदिएकोमा बिद्यालय ब्यवस्थापन टिमलाई अभिभावकहरुले धन्यवाद दिएका थिए भने अभिभावक ज्युहरुको सुझाव र सल्लाहलाई आगामी दिनहरूमा कार्यनयन गर्दै जाने कुराको प्रतिबद्धता बिद्यालयको तर्फबाट हेडमास्टर राजु कार्कीले गर्नुभएको थियो । इश्वर प्रताप लामा( आशिष ) सिमरा
Related Post
समस्याग्रस्त पाठे बाघ र नियन्त्रणमा लागि परेका निकुञ्ज
असार २२, २०८२ असार २२, २०८२ असार २२, २०८२
Aashish Lama
अ.प्र.पोष्ट द्वारा जनचेतनामूलक कार्यक्रम आयोजना
असार १३, २०८२ असार १३, २०८२ असार १३, २०८२
Aashish Lama
खानामा इज्जत फालेको पालिका,जीतपुरसीमरा उप-महानगर पालिका
असार ४, २०८२ असार ४, २०८२ असार ४, २०८२
Aashish Lama