इश्वर प्रताप लामा (आशिष )मिलाप खबर बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार अन्तरगत पर्ने क्षी जन जागरण मध्यवर्ती सामुदायिक बन समुहको विवाद करिब ३ महिना बितिसक्दा पनि अझै कायमै रहेकोले यहाँका करिब ६ सय भन्दा बढी उपभोक्तहरु मारमा परेका छन् । गत जेष्ठ ३० गते भएको समुहको १३ औ साधारण सभामा अध्यक्ष तारा बहादुर कार्कीले १३ लाख ६५ हजार बेरुजु र ६ लाख ४६ हजार खाना र खाजामा खर्च भएको प्रतिबेदन प्रस्तुत गरेको र आफू अनुकूलको समिति घोषण गरि आफुले नै तानसाही तरिकाले अबिर लगाई दिएकोले विवाद चुलिनगइ मन्च तोडफोड हुनुका साथै हानाहानको अवस्था सृजना भएपछि विपक्ष उपभोक्तहरुले समितिको गेटमा तालाबन्दी गरेकोले उपभोक्तहरु सेवा सुबिधा नपाउदा मारमा परेको हो । पर्सा राष्ट्रिय निकुञ्जले करिब १७ सय हेक्टर बन उपभोक्ता समितिको नाममा २०५६/५७ तिर क्षी जनहित मध्यवर्ती उपभोक्त समितिलाई हस्तान्तरण गरेपछि समितिको मातहतमा रहनेगरि गठन गरिएको ४ वटा बन समुह मध्ये जितपुर सिमरा उपमहानगर नगरपालिका वडा न ३ र ६ मा पर्ने यस जन जागरण मध्यवर्ती सामुदायिक बन समुहमा करिब ३७९ हेक्टर बन पर्दछ भने करिब १४ वटा टोल बचत समुहहरुमा ६ सय भन्दा बढी उपभोक्तहरु रहेको छ । समयमानै साधारण सभा सम्पन्न हुन नसकेकोले उपभोक्तहरुले घर बनाउने सिजनमा काठ नपाउदा महँगो दरमा तस्करीहरु संग काठ किन्नु परेको यहाँका उपभोक्तहरु बताउछन् । बचत समूहले सत्य तथ्य छानबिन गरी समस्या समाधान गर्न पटक पटक क्षी जनहित मध्यवर्ती उपभोक्ता समितीमा निवेदन दिए पनि समितिका अध्यक्ष क्षी अमृत लाला श्रेष्ठ पार्टीको कारण मौन बसेको गुनासो उपभोक्ताहरुको छ ।विपक्षहरु सैयौ उपभोक्ताहरुको हस्ताक्षर लिएर निकुञ्जको कार्यालयमा धाईरहदा पनि निकुञ्जले समस्या हलको पहल नै नगरेपछि पक्ष र बिपक्ष बिच पटक पटक ताला लगाउने र तोड्ने कार्य हुदा झडपको अवस्था सृजना भएको छ ।अध्यक्ष क्षी तारा बहदुर कार्की आफू अनुकूलको मान्छे राख्न घरघरमा फाईल बोकी उपभोक्तहरु संग हस्ताक्षर गराउदै हिड्ने गरेको पाइएको छ । उता विपक्षमा रहेको क्षी दिपक लामा र उनको टिम प्रतिकारमा हिड्ने गरेको देखिन्छ । पछिल्लो समय विपक्षहरुको तर्फबाट कार्य समितिमा रहन भागबन्डा खोजेको भन्ने सुन्नमा आएकोले यस विषयमा क्षी दिपक लामा संग बुझ्न लाग्दा पत्रकारहरु पैसामा बिक्री हुने गरेको अध्यक्ष तारा बहादुर कार्की संग डराउने गरेकोले आफुले पत्रकारहरु संग कुरा गर्न छोडिदिएको जस्ता कुरा गरेर पन्छिनु भयो ।स्मरण रहोस गत बैषाख महिनाको स्थानीय निर्वाचनमा क्षी तारा बहादुर कार्की वडा अध्यक्षमा बिजय भएकोले समुहको साधारण सभा गराई अध्यक्ष पद त्याग्नु पर्ने बाध्यतामा पर्नुभएको थियो ।
जन जागरण मध्यवर्ती सामुदायिक बनको विवाद अझै कायमै
भदौ ३१, २०७९
#Kantipur News, #milapkhabaronlinetv, #milapkhaber, #MilaponlineTv, #news
Related Post
प्रहरी र स्थानीय बिच सुमधुर सम्बन्ध र सहकार्यको लागि अन्तरक्रिया
मंसिर ९, २०८१ मंसिर ९, २०८१ मंसिर ९, २०८१
Aashish Lama
हिरासतमा नै बित्नेभो रबिको तिहार
कार्तिक १४, २०८१ कार्तिक १४, २०८१ कार्तिक १४, २०८१
Aashish Lama
एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन पाण्डेको माग
अशोज २८, २०८१ अशोज २८, २०८१ अशोज २८, २०८१
Aashish Lama