मिलाप खबर,श्रावण -८-२०७९ इश्वर प्रताप लामा ( आशिष ) सिमरा बारा, नेपालमा कम्युनिस्ट बिचारको बृजा रोपण र कम्युनिस्ट पार्टीलाई सस्थागत गर्ने नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव स्वर्गीय कमरेड क्षी पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको अवसरमा सिमरा,बजनी छिमेकी टोलमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमलेका जिल्ला सचिवालय सदस्य तथा जितपुर सिमरा उपमहानगर नगर पालिका -३ का वडा अध्यक्ष क्षी तारा बहादुर कार्कीको नेतृत्वमा उक्त सरसफाइ कार्यक्रम आयोजना भएको हो । अध्यक्ष आफै कुचो र हसिया लिएर अभियानमा लागेपछि वडावासीहरु र स्थानीय नेकपा एमालेका पार्टी वडा सचीव, सिमरा खानेपानी उपभोक्त समितिका सचीव जय किसोर चौधरी लगायत वडा सदस्यहरु पनि ज्वादै उत्साह र खुसीका साथ सरसफाइमा खटिएका थिए । प्राय जसो बर्षायाममा गाउघर तिर हिलाम्मे हुने वरपर झारझाडीहरु बडेर आई किरा,लाम्खुट्टे र सापको बिगबिगी बड्ने गरेको र त्यसैको कारण पनि यस याममा बिमारीहरुको संख्या गाउघरमा बड्ने भएकोले सरसफाइमा सबैले ध्यानदिनुपर्ने बिचार वडा सदस्य चिन बहादुर पाख्रीनले राख्नुभयो । छिमेकी टोल बजनीमा छिमेकी ग्रामीण बैंक र बोडिङ्ग स्कुल रहेकोले आवतजावत गर्ने जनता र विद्यार्थीहरुलाई सजिलो र चेतना मुलक सन्देश दिन र आफ्नो वडा सफा र सुन्दर राख्ने मनसायका साथ आफ्नो गौरवशाली पार्टीका नेता स्वर्गीय महासचिव कमरेड पुष्पलाल श्रेष्ठ ज्युको ४४ स्मृतिको आसरमा आफुले आफ्नो वडामा सरसफाइको अभियान नै संचालनमा ल्याउने कुरा अध्यक्ष कार्कीले मिलाप खबरलाई जानकारी गराउनुभयो ।
Related Post
सुन्यको विरुद्ध नौ गोलले बारा राईडर बिजयी
भदौ ३०, २०८३ भदौ ३०, २०८३ भदौ ३०, २०८३
Aashish Lama
विपदको समय नेपाली चर्चहरुको भुमिका
भदौ २४, २०८३ भदौ २४, २०८३ भदौ २४, २०८३
Aashish Lama
बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न
साउन २९, २०८३ साउन २९, २०८३ साउन २९, २०८३
Aashish Lama
