इश्वर प्रताप लामा(आशिष) सिमरा बारा
काठमाडौ : भाटभटेनी स्टोरका संचालक मीन बहादुर गुरुङले दिएको जग्गामा पार्टी केन्द्रिय कार्यालय भवन बनाउन लागेको भन्दै केही नेताहरुले बिरोध जनाएको छ ।
एमाले स्थाई कमिटी सदस्य डा.बिन्दा पाण्डेले ब्यवसायीबाट दान लिई निर्माण गर्न लागिएको यो कार्यले देशभरका झण्डै साढे पाँच लाख पर्टि सदस्य र २८ लाख मतदाताको सिर निहुर्याउने गरि अपमान भएको बताएकीछिन ।
उनले लेखेकिछिन साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ हजार मतदाताको अपमान गर्ने कदम हो यो ।व्यापार ब्यवसाय गर्नेले पारदर्सीरुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु दायित्व हो ।तर राजनितिक दलले यस्तो सहयोग लिनु र ब्यापारीले दिनु दुबै गलत हो । दिनेले कुन हिसाबले सोचेर दिए तर लिनेले एकपटक पनि पार्टिमा कुरा नै नचलाई जानकारी समेत नदिई गरिएको यो कार्यले भबिष्यमा यो निर्णय आत्माघात हुनेछ ।
मदन भण्डरी र मनमोहन अधिकारीले बनाएको पार्टीको उच्च इतिहास र स्वाभिमानलाई बचाउन पार्टिले यो निर्णय बदल्नु पर्ने उनले बताइन् । उनी भन्छिन् २५ बर्ष अगाडि एकदिनको श्रमदान गरि एमलेको मजदुर संगठन जिफण्डले बनाएकोको मनमोहन मजदुर भवनको आजपनी उक्त भवनमा जादा गर्भ लाग्छ । तर आज साढे पाँच लाख पार्टी सदस्य र मतदाताहरुको आधारमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको एमालेले कसैले दिएको दानमा केन्द्रिय पार्टी कार्यालय बनाउन खोज्नु गर्भ गर्ने ठाउँ नै नरहेकोले नेतृत्व बर्गले सोच्नुपर्ने बेला आयो ।
स्मरण रहोस गत असोज २६ गते भाटभटेनी स्टोर संचालक मीन बहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अतिआधुनिक भवन निर्माण गर्न प्रधानमन्त्री एवम् नेकपा एमाले केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले कृतिपुर नगर पालिका-२ मैत्रीनगरमा एमाले केन्द्रिय कार्यालय भवनको शिल्यानास गरेका थिए ।