काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेको बताएका छन्। बुधबार काठमाडौँको गौशालामा रहेको पशुपति गौशाला धर्मशालामा महानगरको बोर्ड राख्न पुगेको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको उनको भनाइ थियो।

‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नामा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको छ । महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई निःशुल्क खाना र औषधी उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्ला नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तौ समितिबाट पो रहेछ।’ उनको भनाई थियो ।

मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ।

लगत्तै बुधबार महानगर प्रहरी खाली गराउन पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो