जीतपुरसिमरा उपमहानगरले आर्थिक वर्ष २०८०/८१ को पौष मसान्त सम्म १० करोड ७८ लाख बढी राजश्व संकलन गरेको उप महानगरले जनाएको छ ।

पौष मसान्तसम्मको तथ्याँक मा उल्लेख भएअनुसार १० करोड ७८ लाख ५६ हजार ६१ रुपैँया राजश्व संकलन भएको छ । आ.व.को पौष मसान्तसम्म मात्रै नगरले ४ करोड भन्दा बढी राजश्व संकलन गरेको हो ।

पौष मसान्त को अन्तिम दिन मात्रै नगरमा ३ करोड राजश्व संकलन भएको छ । जसमा जगदम्बा स्टिल कम्पनीले मात्र १ करोड ८३ लाख सम्पत्ती कर बुझाएको छ ।

त्यसैगरी यस महिनाको मसान्तसम्मको तथ्याँकमा उपमहानगरमा करिव ६८ लाख भुमी तथा मालपोत कर संकलन भएको छ भने नक्सा पास दस्तुर २६ लाख भन्दा बढी संकलन गरिएको जनाइएको छ ।

यो आर्थिक वर्षमा करिव १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले पौष मसान्तभित्रै करिव एघार करोड राजश्व संकलन गर्न सफल भएसंगै लक्ष्यभन्दा बढी राजश्व संकलन हुने उपमहानगरको अनुमान छ ।