मिलाप खबर, पौष २१-२०८०

करिब १७७९ सदस्य संख्या रहेको यस सहकारीमा वन समुहमा आबद्व रहेका ६५ वटा बचत टोल समुहहरू मध्ये ५५ वटा समूह हरुको मात्र एक करोड भन्दा माथि रकम रहेको कार्यक्रमको अतिथी रहेका श्री जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री अमृत लाल श्रेष्ठले बताउनु भयो। शुभकामना व्यक्त गर्दै उहाँले सहकारीहरुमा पनि ठुला धनी वर्गहरूकै बढि लगानी भएकोले गरिब शेयर धनीहरूको जीवन उकास्न नसकेको र सहकारीले यस्ता गरिब र विपन्न वर्गका १० घरलाई मात्र हरेक वर्ष उठाउन सके विस्तारै गरिब शेयर धनीहरु को स्थर उन्नति हुनेछ भन्ने कुरामा जोड दिएका थिए । यसका अतिरिक्त अब सहकारीमा मध्यवर्ती भन्ने शब्द जोडिएकोले सहकारीले अब वन संरक्षण कार्यमा पनि लगानी गर्नुपर्ने कुराको माग गर्नुभयो ।

प्रमुख अतिथी रहनु भएका नगर प्रमुख राजन पौडलले सहकारीले सहकारीको सदस्यहरुलाई कृषि पशुपालन उत्पादन रि उद्यामशील बनाउनु जरुरी रहेकोले यस्ता कार्यक्रम संचालन हुँदा उपमहानगरले पनि समन्वय गरेर सहयोग गर्ने बताए । त्यसतै उहाँले पौष मसान्तसम्म जीतपुरसिमरा उपमहानगरपालिकाको वित्तिय अधिकार क्षेत्र भित्र भित्रका बक्यौता तिर्न बाकी सम्पत्ति कर, घर जग्गा बहाल कर, ब्यवसाय कर र बहाल बितौली शुल्क तिर्न आग्रह पनि गर्नु भयो

साधारण सभामा अध्यक्ष कमला घिमिरेले बार्षिक प्रतिवेदन र लेखा समितीका संयोजक होम बहादुर रकाल लेखा समीतीका प्रतिबेदन पेश गरेका थिए। २०५८ साल स्थानपना भएको उक्त सहकारी शेयर चुक्त पुँजी १७ करोड ८० लाख ९ हजार ५ सय रहेको सचिव दिपक राज शर्माले जानकारी दिए । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं साधारण सभाको अवसर पारेर आफ्ना शेयर सदस्य र जेष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको छ । कार्यक्रमको संचालन पत्रकार कृष्ण सिग्देलले गर्नुभएको थियो ।