किरण श्रेष्ठ, ठोरी पर्सा

पर्सा जिल्लाको ठोरी गा. पा., वडा न. ३ स्थित ब्रम्हानगर को बेधघारी मध्यवर्ती वन, देविथान मा रहेको, फुटबल चौरमा ५ गते शुक्रबार देखी, ठोरी गा. पा. ३ न. वडा ले आफ्नै अभियान र बजेटमा फुटबल प्रशिक्षण कार्यक्रम शुरू गर्ने भएको छ।

उक्त कार्यक्रमको लागी वडाले दुई महिनाको करार अवधी र रू. २,००,००० (दुई लाख) बजेट छुत्याइएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको, यस वडाको फुटबल टिमलाई मझ्बुद बनाई खेलाडीहरूको चरित्र निर्माण गर्ने, खेलाडी युवाहरूलाई दुर्बेशनको लतबाट छुट्याई समय र स्किलको सदुपयोग गराउनुका साथै खेल लाई स्तरीय बनाउँने जस्ता कुराहरू रहेका छन्। यो कार्यक्रम यस वडाका खेलाडी युवाहरूका लागी एकदमै जरुरी भएको र यस कार्यक्रमले युवाहरूमा पनि नयाँ जोस र उत्साह मिलेको जानकारी वडा सदस्य टिका श्रेष्‍ठ ले मिलाप खबरलाई जानकारी गराउनु भएको हो।
यस कार्यक्रमको प्रशिक्षक (कोच) सिमरा उ. म. न. पा. वडा न. १ स्थाई बासी, एन फा द्वारा लाइसेन्स प्राप्‍त, हाल सिमरा एन जे जे सी मा कार्यरथ, ४७ (सर्चालिस) वर्षीय सोनु कुमार क्षत्री हुनुहुन्छ। उहाँले धेरै क्षेत्रहरूमा यसरी प्रशिक्षन दिनुभएको र यसरी नव युवाहरूलाई प्रशिक्षन दिन पाउँदा आनन्द महसुस हुने कुरा उहाँ बताउनु हुन्छ । साथै यहाँको युवाहरूमा फिजिकल पावर एकदमै राम्रो भएको तर टेक्निक, स्किल र कन्ट्रलिङ् को क्षेत्रमा भने अली बढि मेहनत गर्नुपर्ने र अनुशासन मा पनि बेसी ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ । आफुलाई यो मौका दिनु भएकोमा ठोरी गा. पा. ३ वडा कार्यलय प्रति धन्यवादी हुनुभएको ब्यक्त गर्नुभयो।
यस कार्यक्रम बाट प्रशिक्षण लिइरहनुभएका खेलाडी युवाहरूले पनि यसरी वडाले युवाहरूको बारेमा सचेर यस्तो कार्यक्रम उपलब्ध गराइदिएकोमा वडा प्रति खुसी ब्यक्त गरी धन्यवाद दिएका छन्। साथै कोचले पनि स्पष्‍ट र उत्साहका साथ प्रशिक्षण दिनुभएकोमा अझ खेलमा अघि बढ्न जोस चलेको कुरा बताएका छन्। यस वडाका खेल प्रेमी जनता हरू बाट पनि, आफ्नो छोराहरूले सिस्टमेटिक तरिकले फुटबल तालिम पाउँदा, यस कार्यक्रम प्रति राम्रो प्रतिकृया जनाएका छन्।

Premium SEO Backlinks
Premium SEO Backlinks