facebook sharing button
twitter sharing button

९ चैत्र -२०७९ सिमरा बारा

इश्वर प्रताप लामा,

चालु आर्थिक वर्षमा हाल आएर खाना पकाउने ग्याँसको आयात घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँस आयातमा गिरावट देखिएको हो । अहिले शहर देखी गाउँघर सम्मका प्राय उपभोक्ता हरुले बिजुली जन्य वस्तुहरु प्रयोगमा अभ्यस्त गर्ने गरेकोले पनि ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।

विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को ८ महिनाको तथ्यांकअनुसार गत वर्षको तुलनामा १ करोड ९२ लाख किलोले खाना पकाउने ग्याँसको आयात घटेको हो । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।

न पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे । ‘गत ज