सिमरा , माघ २७ म

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल वारा जिल्ला कमिटीले जीतपुरसीमरा उ म.न.पा.-२ मा अवस्थित जिफण्टको सभा हलमा आज जिल्ला कमिटी बैठक बसी मदेस प्रदेश सभा सदस्य मा. देवनारायण चौधरी, मा. त्रीलोकी चौधरी, मा. रविन्द्र दास श्रेष्ठका साथै समानुपातिक तर्फका मा. मन्जु कुमारी थापालाई सम्मान गर्दै खादा ओढाई दिएर सम्मान पत्र तथा बधाई दिएका छन् । लोकतान्त्रिक जनजाति महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष देवनारायण चौधरी र मदेस प्रदेस कमिटीका अधक्ष्य दुर्गा लामाले उहाँहरुलाई खादा तथा सम्मान पत्र वितरण गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

उक्त बैठकलाई सम्बोधन गर्दै मा. देवनारायण चौधरीले पार्टी र भातृ संगठनहरु सदैव नङ्ग र मासुको सम्बन्ध झै हुनुपर्ने कुरा बताउदै आफुहरुलाई सम्मान गरिदिएकोमा धन्यवाद दिदै खुसी प्रकट गर्नुभयो ।

उक्त बैठकमा प्रमुख अतिथीको रुपमा नेकपा एमाले मदेस प्रदेस स इन्चार्ज तथा वारा जिल्ला इन्चार्ज बलबीर चौधरी, विशिष्ठ अतिथीहरु मा नेकपा एमाले केन्द्रिय सदस्य तथा वारा जिल्ला स इन्चार्ज सरस्वती चौधरी, स इन्चार्ज भुलन चौधरी लोकतान्त्रिक आदिवासी जनजाति नेपालको केन्द्रिय सदस्य भरत घले मदेस प्रदेस सचिवालय सदस्य जय किसोर राउत लगायतको रहनुभएको थियो। बैठकको अध्यक्षता लोकतान्त्रिक आदिवासी जनजाति नेपाल वारा जिल्ला कमिटी अ अध्क्षय दिल वहादुर लामा हुनुहुन्थ्यो भने बैठकको सञ्चालन सचिव इश्वरी लामाले गर्नुभएको थियो ।

इश्वर प्रताप लामा, सिमरा

Premium SEO Backlinks
Premium SEO Backlinks