इश्वरी लामा(आशिष ) मिलाप खबर,बारा पर्सा राष्ट्रिय निकुञ्ज आधाभार,बन क्षेत्रबाट निस्किएको बन हात्तिहरुको कारण रामबन,नरवस्ती आसपासका बासिन्दाहरु त्रसित भएका छन् ।गएराति राधाकृष्ण मध्यवर्ती सामुदायिक बन क्षेत्रका बस्ती असपासबाट भएर जनजागरण मध्यवर्ती सामुदायिक बन सिमानाबाट मानव बस्ती कटेर बस्तिको बिचमा रहेको धानबाली खान पुगेका ३/४ वटा जङ्गली हात्तिहरुको कारण यहाँका बासिन्दाहरुमा त्राश फैलिएको हो । गएको तीन साता अगाडि पनि यस्तै जंगली हात्तिहरुले रौतहटको चन्द्रपुरमा मानव बस्ती नजिक भएको धान खेती नष्ट गरिदिएका थिए । आज करिब साझ ८ बजेतिर रामबन गाउँ भित्र रहेको धान बाली चरन पुगेका यी हात्तीहरुको कारण यहाका बस्तीहरुमा निकैबेर होहल्ला र कोलाहल मच्चिएको थियो । सबै गाउलेहरुको होहल्ला र बत्तीको कारण निकै बेरपछि ती हात्तीहरु बन प्रवेस गरेको एक स्थानीय बताउछन् । करिब तीन महिना अगाडि मात्र स्थानीय बुद्धिमाया तामाङको करिब 20/22 किलोको खसी बाघलेले घर नजिकै रहेको आफ्नो खोरबाट लगेर खाएको थियो । पर्सा बन्यजन्तु आरक्ष करिब २०७४ तिर निकुञ्जमा परिणत भएपछि यस क्षेत्रमा बन्यजन्तुको आवतजावतमा उल्लेखनीय वृद्धि भएको हो । खुल्ला बन सिमाना भएको कारण रातिको समयमा महिला, बाल बालिकाहरु र जेष्ठ नागरिकहरुलाई बाहिर सौचालयको लागि निस्कनु पनि डर लाग्दो आवस्था सृजना भएको छ । यहाँ भएको चारै वटा मध्यवर्ती बन समूहलाई नियन्त्रण र हेर बिचार गर्ने जनहित मध्यवर्ती उपभोक्त समितिले तारजाली लगाउने कार्यको थालिनी गरेको भएता पनि यस गाउलाई भने वास्ता गरेको देखिदैन । जनजागरण मध्यवर्ती सामुदायिक बन समुहमा लामो समय बितिसक्दा पनि कुनै पदाधिकारी चयन हुन नसकेकोले पनि यस गाउका उपभोक्ताहरु मारमा परेका छन् । उता पर्साको दस बिगाहा बस्तीहरुमा पनि बेला बखतमा बन्यजन्तुहरुले दु:खदिने गरेको पाइन्छ । यी र यस्ता बन्यजन्तुहरुले सताउने बिषयमा बेलैमा सम्बन्धित निकायले सोच बिचार र बुद्धिमानी पुर्बक कार्य नगरे भबिष्यमा ठूलो मानबिय छती हुने देखिन्छ ।
हात्ती आतंकले रामबनबासी त्रसित
अशोज १५, २०७९
#milapkhaber, #milapkhaberonlinetv, #MilaponlineTv, #news
Related Post
सुन्यको विरुद्ध नौ गोलले बारा राईडर बिजयी
भदौ ३०, २०८३ भदौ ३०, २०८३ भदौ ३०, २०८३
Aashish Lama
विपदको समय नेपाली चर्चहरुको भुमिका
भदौ २४, २०८३ भदौ २४, २०८३ भदौ २४, २०८३
Aashish Lama
बारा ख्रीष्टियन समाजको १३ औ साधारणसभा तथा ७ औ अधिवेशन सम्पन्न
साउन २९, २०८३ साउन २९, २०८३ साउन २९, २०८३
Aashish Lama
