रामबन: बाराको जीतपुरसीमरा उ म.न.पा.३ रामबनटाडीमा अवस्थित अस्थायी प्रहरी बिट द्वारा लागुऔषत दुर्ब्यसन तथा साइबर क्राइम सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको छ । रोज एकेडेमीको प्राङ्गणमा गरिएको उक्त कार्यक्रमको सभापति अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी हवल्दार सरोज खड्का रहेका रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोसीले अचेल युवा पुस्ताहरुमा एकप्रकाको नकारात्मक सोचको बिकास भएको र त्यसले युवावर्गहरुलाई दुर्ब्यसनी तर्फ धकालिदै लगेको भन्दै अभिभावकहरुले आफ्नो छोराछोरीको दैनिकी क्रियाकलाप प्रती ध्यानदिनुपर्ने कुरामा जोडदिनुभएको थियो ।

अर्का सहभागी तथा बिशिस्ट अतिथि वडा न ६ का वडा अध्यक्ष क्यामुदिन असारीले पिउने र लिने बानी नभएको युवाहरूलाई पनि साथीभाइहरुले अलिकता त हो नी ? लिएहुन्छ भन्दै करमा पार्नेगरेकोले बिस्तारै बिस्तारै नपिउने युवाहरु पनि कुल्तमा फस्दै गएकोमा चिन्ता प्रकट गर्नुभयो । कार्यक्रममा उप नगर प्रमुख भोला प्रसाद अधिकारी वडा न.३ का कार्यवाहक अध्यक्ष माया बिकले पनि आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा प्रोजेक्टर प्रयोग गरि भिज्वल मार्फत विभिन्न सामाग्रीहरु देखाइएकोले पनि प्रभाव पारेको थियो ।

यस अन्तरक्रिया कार्यक्रममा अतिथिहरुमा वडा सदस्य चिन बहादुर पाखृन,देवनारायण चौधरी,ने.का .का फैजेल अन्सारी नेकपा एमालेका वडाकमिटी अध्यक्ष शुक्र श्रेष्ठ,रा. स्व.पा.का दिलिप थापा.जनजागरण म.सा.वनका इश्वरी लामा,मुसहर्नी म. सा.वनका आशिष श्रेष्ठ,आर.टि.युवा क्लबको अध्यक्ष बिपिन स्याङ्बो,पुर्ब अध्यक्ष दिपक लामा समाजसेवी सोम बहादुर लामा आदि रहेका थिए । कार्यक्रमको संचालक रोज एकेडेमीका प्रधानध्यापक सोम लामाले र स्वागमतब्य आर.टि युवा क्लबका कोषाध्यक्ष सर्मिला वाइबाले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय युवाहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

Leave a Reply