सिमरा :मधेस प्रदेश अवस्थित बाराको जीतपुरसीमरा उ.म.न.पा ३ मा रहेको अनुग्रह चर्चामा आज एक कार्यक्रमको बिच पाष्टर अभिषेक कार्य सम्पन्न भएको छ । स्थानीय मण्डली समुदायको उपस्थितिमा स्थानीय तवरमा वरपररहेका चर्चका बरिस्ठ पास्टरहरु तथा बारा इसाई समाजका पदाधिकारीहरु र नेपाल राष्ट्रिय मण्डली संगती ncfn का मधेस प्रदेश समितिका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्य सम्पन्न गरिएको हो ।

इसाई जगतमा इश्वरीय सेवामा समर्पित हुनुअघि पुजारीको रुपमा अलग गरिएको ब्यक्तिलाई पबित्र सभामा धर्मगुरुहरुको उल्लेखनीय उपस्थितिमा प्रार्थना सहित तेल घसेर अभिषेक गर्ने प्रथा रहेको छ । सोही अनुरुप अनुग्रह चर्च समुदायको लागि प्रेरितिय बिस्वासको सार अनुरुप सुनिल तामाङ्ग र उहाँको धर्मपत्नीलाई पाष्टरिय सेवाको लागि र ज्ञान बहादुर श्रेष्ठ र उहाँको धर्मपत्नीलाई एल्डरको सेवाको लागि र अन्यलाई जवान र आमा दिदीबहिनी सेवाको लिडरको रुपमा अभिषेक गरिएको थियो ।

यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको नेपाल राष्ट्रिय मण्डली संगती ncfn का केन्द्रिय अध्यक्ष तथा आराधना मण्डली सानेपा काठमाडौका वरिष्ठ रेभ. पाष्टर हनोक तामाङ्गको बाहुलीबाट भएको उक्त अभिषेक कार्य आशिषमय भएको स्थानीय मण्डलीका बिस्वासीहरु र धर्मगुरुहरुले महसुस गरेका थिए ।

सेवामा लाग्नचाहने आजका अभिषेक हुनचाहेका सेवक सेवीकाहरुलाई धर्मशास्त्रको तिमोथीको किताबबाट शिक्षा दिदै अध्यक्ष तामाङ्गले यो जागिर नभएको यसको कुनै लिमिट समय हुदैन र यो कुनै जस पाउने काम पनि होइन भन्दै आफू र आफ्नो शिक्षा प्रती होसियारी हुनुपर्ने कुरामा जोडदिदै अत्यन्तै संबेदनसिल महत्वोपुर्ण चारवटा बुद्दाहरुमा सिकाउनु भएको थियो ।

उक्त अभिषेक सेवामा उपस्थित हुनुभएको बेथेल सामुदायिक मण्डलीका वरिष्ठ रेभ. पाष्टर तथा निरवर्तमान ncfn मधेस प्रदेशका अध्यक्ष नेमा लामा र वर्तमान अध्यक्ष आशिष लामाले अभिसिक्त जनहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

Premium SEO Backlinks
Premium SEO Backlinks