रामबन: बाराको जितपुर सिमरा उपमहानगर पालिका -३ मा रोयल रामबन एफ.सी. द्वारा गत पौष २० गतेदेखि सुरुभएको प्रथम रोयल रामबन भेट्रान कप २७ गते शनिबार भएको फाइनल खेल संगै सम्पन्न भएको छ ।

करिब सात आठ बर्ष यतादेखी यस जिल्लामा यस्ता प्रकारको भेट्रन फुटबल खेल लोकप्रियताका साथ चिसो मौसममा हुने गरेको देखिन्छ । यस्ता खेलले युवा अवस्थामा फुटबल खेलेर छोडेका ४० बर्ष भन्दा माथि उमेरका पुर्ब खेलाडीहरुलाई शारीरिक तथा मानसिक रुपमा धेरैनै फाइदा तथा लाभदायक हुने गरेको पुर्ब एक खेलाडी तथा आयोजक टिमको सदस्य रबि श्रेष्ठले मिलाप खबर संगको कुराकानीको क्रममा बताउनुभयो ।

करिब १० वटा टिम रहेको यस गेममा ९/९ जना खेलाडीहरु राखेर खेलाइएको थियो । आजको फाइनल खेल N.J.J.Y.Cभेट्रान क्लब सिमरा र बिकासशिल भेट्रान क्लब सिमारा बिच निकै रोचक प्रतिस्पर्धा र दर्शनहरुको ध्यानाकर्षण गर्ने किसिमको रहेको थियो ।खेल भएको ८ मिनेटमा N.J.J.Y.C सिमरा भेट्रानको तर्फबाट जर्सी न. ५ का खेलाडी बलराम प्याकुरेलले एक गोल गर्दै आफ्नो क्लबको खाता खोलेका थियो भने त्यसको झन्डै १६ मिनेट पछि गोललाई फर्काउदै बिकासशिल भेट्रानका प्रकाश भट्टले टिमलाई बराबरीमा पुर्याएका थिए ।

खेलको मध्यान्ह तिर ब्याकिएरियामा हेण्ड हुनपुगि प्लान्टि हान्ने औसर पाएका बिकासशिल भेट्रनका प्रकाश भट्टले पुन एक गोल गरेका थिए । उनले यस खेलमा ३ गोलगरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । भने जर्सी न.८० ले १ र जर्सी न. ९ का देभ राईले १ गरि ५ गोलका साथ आजको फाईनल खेल N.J.J.Y.C भेट्रान सिमरा क्लबका १ गोलका विरुद्धमा ५ गोल गर्दै बिकासशिल भेट्रान क्लब प्रथम भएकाछन् ।

बिजेता टिमले १६००० नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।खेल अवधिभरीका उत्कृष्ट खेलाडी N.J.J.Y.C.भेट्रान क्लबका रण बहादुर खत्री र उत्कृष्ट गोलकिपर बिकासशिल भेट्रान क्लबका पुर्ण लामा घोषित भएका छन । खेलमा शान्ति सुरक्षा कायम गर्न अ.प्र.पोष्ट टाडीका प्रमुख हवल्दार दिलिप राजपुतले सकृय भुमिका निभाएका थिए । खेलको सुरुवाती समय र मध्याह्नको समयमा रोज एकेडेमी रामबन टाडीको तर्फबाट रमाइलो खेल र नृत्य प्रस्तुत भएकोले खेलमा सुन माथि सुगन्ध थपिएको थियो । खेलहुनुभन्दा अगाडि मैत्रीपुर्ण खेल N.J.J.Y.C. महिला सिमरा टिम र दिब्यज्योती महिला टिम पथलैया बिच भएका थिए ।

Premium SEO Backlinks
Premium SEO Backlinks