सविधान दिवसको अवसरमा नागरिक स्तरबाट काठमाडौको दरबारमार्गमा सागीतिक कार्यक्रम आयोजना गरेको थिए । नेसनल डे कन्सर्ट नाम दिएको उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु कुन्ती मोक्तान आनन्द कार्की,सुगम पोखरेल,शिबानी मोक्तान लगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । अर्थमन्त्री बिष्णु पौडेल गृहमन्त्री रमेश लेखक सहित दलबल सहित कार्यक्रममा नौलो पहिरनमा सहभागी भएका उहाँले उपस्थित दर्शकहरूलाई सविधान दिवसको शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा उहाँले अराजकतिर नलाग्न युवाहरुलाई सचेत गराउनु भएको थियो ।

उक्त कार्यक्रममा बालेन समर्थन युवाहरु भने कुटिएको छ । कार्यक्रम भैरहदा एकासी केहि युवाहरु बालेन बालेन भन्दै कराउन थालेपछी अर्को समुहका युवाहरुले बालेन समर्थक युवाहरुलाई कुटेका थिए । उक्त युवाहरुको पहिचान भने खुलेको छैन । उनीहरु कुटपिट लगत्तै भागेकोले पहिचान गर्न नसकिएको भन्ने प्रहरीको भनाई रहेकोछ ।