मिलाप खबर, आषाढ १५ इश्वर प्रताप लामा ( आशिष)

सिमरा बारा

विश्वासको मत पाउन नसकेर कोशी प्रदेशमा मुख्यमन्त्री पद गय सगै नेकपा एमाले प्रदेश सरकारबाट बाहिरियक छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा मुख्य मन्त्री हिक्मत कार्कीको पक्षमा ४६ मत मात्रै खस्यो, जुन एमाले र राप्रपाको मत हो । कार्कीको सरकार टिकाउन एक मत पुगेन ।

विश्वासको मत लिने बेलामा ४३ मत खसे पनि मत दिँदा एक सांसद रहेको जसपा निर्वाचन प्रक्रियामा तटस्थ बस्यो । जसको कारण कोशी प्रदेश सरकार बाट एमाले बाहिरिएको हो।

कांग्रेस माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीको गठबन्धनलाई अबको दिनमा नयाँ सरकार गठनका लागि सजिलो भने रहने छैन । कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दाबी गरिरहेका छन् ।

नेकपा एमाले कोशी को सबैभन्दा ठूलो दल हो l कार्कीले विश्वासको मत माग्ने क्रममा भनेका छन्, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’

नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक भएका कारण गठबन्धन दलले राप्रपालाई फकाइरहेका छन् । विश्वासको मत एमालेलाई दिएको राप्रपाले के गर्ने भन्ने निर्णय आउन बाकी नै छ।