बैसाख -१५ बारा सिमरा

नेपाल सरकार ले यातायत व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरी थप गरिएका नयाँ बुँद११.१.९ अनुसार नेपालमा जडान वा उत्पादन हुने सवारी साधन दर्ता सम्बन्धी विशेष व्यवस्था मिलाएको छ।

निर्देशिकाको बुँदाहरूमा उल्लेख भएअनुसार १. विदेशबाट पाठ पूर्जा पैठारी गरी नेपालमा नै जडान गरी वा नेपालमा नै उत्पादन हुने सवारीको दर्ता नयाँ सरुवा दर्ता वा हेरफेर दर्ता लिलाम दर्ता पून दर्ता र नामसारी लगायतका प्रयोजनको लागि त्यस्तो प्रकारको सवारीको लागि भन्सार प्रज्ञापन पत्रको आवश्यक पर्ने छैन।

नेपालमा उत्पादन हुने वा जडान हुने सवारीको नयाँ दर्ता सरुवा दर्ता हेरफेर दर्ता पुन दर्ता नामसारी दर्ता लगायतको प्रयोजनको लागि कम्पनीले भन्सार प्रज्ञापनपत्र को सट्टा मुल्य अभिवृद्धि बिजक र नेपालमा प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेस गर्नु पर्नेछ। यो सगै यात्री कम्पनीको लागि बाटो खुलेको हो ।

प्रमोद शर्मा

पोखरा

Premium SEO Backlinks
Premium SEO Backlinks