इश्वर प्रताप लामा ( आशिष)

सिमरा बजनी बारा जीतपुरसीमरा उपमहानगर पालिका वडा नं ३ ले आज एक कार्यक्रम आयोजना गरी ४५ दिने सिलाई कटाई तालिम सम्पन्न गरेका छन् । वडाको आर्थिक वर्ष२०७९/०८० को बजेटमा समावेश गरिएको योजना अन्तरगत उक्त कार्यक्रम सञ्चालनमा आएको थियो ।

विपन्न वर्गका महिलाहरु लाई लक्षित गरी आर्थिक स्थर उकास्न को लागि यसवर्ष वडा ले तालिम तर्फ रु दुईलाख र सिलाई मसिन खरिद तर्फ रु. दुईलाख पचास हजार विनियोजन गरिएको सचिव अनिल विश्वकर्मा ले मिलाप खबर लाई जानकारी दिनुभयो ।

कोभिट १९ र देशमा आर्थिक मन्दीका कारण कतिपय परिवारमा श्रीमान श्रीमति दुबैको केही आर्थिक जोहो गर्ने उपाय नभएको ले ज्यादै कठिनाई झेल्नु परिरहेको आफुले महसुस गरेको र यस्तो अवस्था लाई केहि मात्रमा भएपनि सीपको माध्यमबाट उन्मुलन गर्दै जान सकिने हुँदा आफुले वडामा सीपमुलक तालीम संचालनमा ल्याएको कुरा वडाका अध्यक्ष तारा वहादुर कार्कीले बताउनु भयो।

उहाँका अनुसार सधै विपन्न वर्गका मानिसहरू लाई माछा मात्र दिने होइन माछा मार्न सिकाउनुको साथ साथै बल्छि पनि दिनुपर्छ भन्ने मान्यता राख्दै आफुले प्रशिक्षार्थीहरु २१ सैं जनालाई एकथान सिलाई मसिन दिएको बताउनु भयो ।

कार्यक्रममा अतिथीको रुपमा रहनु भएका नेकपा एमाले वडा कमिटीका अध्यक्ष शुक्र क्षेष्ठले यस वडामा रहेको सरकारी स्कुलका विद्यार्थीहरू र शिक्षकहरूले लगाउने पोषाकहरु मात्र उहाँहरूले सिलाउन पाउने व्यवस्था वडा ले मिलाउन सकेमा उहाँहरूको आर्थिक स्थर उन्नति हुन टेवा पुग्ने कुरा बताउनु भएको थियो ।

प्रशिक्षक दोय नारायणी सापकोटा र नविना गिरी ले सीपले महिलाहरु लाई समाज र घरपरिवारमा स्थापित हुन ठुलो योगदान पुग्ने गरेका बताउदै यस ग्रुपका सबै प्रशिक्षार्थी हरूमा सिक्ने इच्छा र आकांक्षा उत्साहजनक रहेको बताउनु भयो ।

Premium SEO Backlinks
Premium SEO Backlinks