इश्वर प्रताप लामा( आशिष)

सिमरा बारा, आज राष्टिय धान दिवस देश भर विभिन्न स्थानमा हिलो छ्‌यपा छ्‌याप गरेर धान दिवस मनाउदै छन्। विक्रम सम्वत २०६१ मा विश्वभरका ४२ वटा राष्ट्रहरुको पहलमा संयुक्त राष्ट्र संघ ले अन्तराष्ट्रिय धान दिवस घोषण गरे पछि नेपालमा २०६१ साल मंसिर २९ गते मन्त्री स्तरिय निर्णय अनुसार २०६२ अषाढ १५ देखी राष्टिय धान दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष ” धान रोपौं, खाधन्यमा आत्मा निर्भर बनौं ” भन्ने नाराका साथ नेपालले धान दिवस मनाउन लागिएको हो । यस दिनमा विशेषगरी नेपालमा दही चिउरा खाने चलन पनि रहिआएको छ । हाल सालै धान दिवस मनाउन सुरु गरिएको भएता पनि नेपालमा भने परापूर्व कालदेखी नै असाढ १५ लाई खेत खेतमा गई बाजाघाजा साहित खेतमा हिले ल्याम्मे भएर दही चिउरा खादै धान रोपाइ गर्ने चल्न चल्दै आएको पाइन्छ । दही चिउरा स्वाथ्य को लागि पनि लाभदायिक हुने र यसले शरिरलाई शितलता प्रदान गरि शरिरमा फुर्ती र ऊर्जा प्रदान गरिने स्वाथ्य जानकारहरु बताउछन् ।

मनसून ढिलो गरी नेपालमा भित्रीएको र खेती गर्ने समय सम्म मा पनि पानी नपरेकोले तराइमा भने यो वर्ष ढिलो गरी धान रोपाई हुने भएको छ भने कतै यो वर्ष खडेरी पो जाने होकी भनी किसानहरु चिन्तित देखिन्छ।

देशमा आमोल परिर्वतन आए लगतै विकास निर्माणमा ठुलो फड्को मारिसकेको भए तापनि कृषि क्षेत्रमा भने अझै फड्को मार्न नसकेको अवस्था देखिन्छ । जसको कारण सिराहा सप्तरी मा खेती जन्य जमिनहरु बर्षौ देखी बाजो रहिरहेको अवस्था छ । नेपाल सरकारको कृर्ष सम्बन्धी नीतिनियम पनि गरिब निमुखा कृषकहरु को पहुच सम्म पुग्न सकेको छैन । यस वर्षको थान दिवस केवल परम्परा र नीतिनियम को पालन गर्न देखावटी रुपमा मात्र नमनाएर कृषी क्षेत्रमा भएको कमी कम्जोरी र अभावलाई सरकारले सम्बोधन गर्ने गरी धान दिवस मनाउने कार्य गरेमा समग्र नेपाली कृर्षकहरुले राहात महसूस गर्न सकिन्छ ।

Premium SEO Backlinks
Premium SEO Backlinks