सिमरा : बन्यजन्तुको बासस्थान संरक्षण र त्यसको प्रभावकारी व्यवस्थापन, सम्बन्धमा आज सिमरा होटल इनमा मदेस प्रधेशको वन मन्त्रालय तथा zsl को सहकार्यमा वन र वन्यजन्तु संरक्षणसम्बन्धी विषयमा ऐन, नियम, कानुन र प्रावधानहरूप्रति आवस्यक जानकारी तथा सहजीकरणको लागि एकदिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त औसरमा संरक्षण प्रयासमा स्थानीय तह, समुदाय, सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा कार्यक्रमका बक्ताहरुले व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता बन तथा वातावरण मन्त्रालयकी प्रशासन तथा योजना शाखा प्रमुख अञ्जना कायस्थले गर्नु भएको थियो।

उहाँले बन तथा बन्यजन्तुको दिगो व्यवस्थापनका लागि नीति, कानुन मात्र पर्याप्त नभई व्यवहारमा लागु हुने संयन्त्र मजबुत बनाउनुपर्नेमा जोड दिदै समय ब्यस्तताको कारण आफू चाहेर पनि पुरै समय बस्न नसक्ने भन्दै मन्तव्य पछि निस्कनुव्भएको थियो । कार्यक्रमका संयोजक भु–संरक्षण अधिकृत नवोनारायण मिश्रले कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै सहभागीहरूबीच छलफल सञ्चालन गर्नुभएको थियो।कार्यक्रमबाट बन तथा बन्यजन्तु संरक्षण र व्यवस्थापनमा सकारात्मक सन्देश र साझा प्रतिवद्धता व्यक्त भएको मन्त्रालयका प्रतिनिधिहरुको भनाइ छ।

कार्यक्रमको समापनमाआफ्नो भनाई रख्नुहुदै पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन ब्यवस्थापनको साथसाथै वन्यजन्तुको संरक्षणमा जोड दिएका थिए । बन्यजन्तुको संरक्षणमा समुह , प्रदेश ,संघ र अन्तराष्ट्रिय जगत सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मानिस र बन्यजन्तु बीच द्धन्द हुँदा कहिले मानिस ज्यान गुमाउँनु परेको त कहिले बनजन्तुले ज्यान गुमाउँनु परिरहेका बताए ।उहाँले डिभिजन वन कार्यालहरुलाई वन संरक्षणको साथसाथै बन्यजन्तुको संरक्षणमा पनि ठोस कदम चाल्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

Leave a Reply