इश्वर प्रताप लामा( आशिष ) बारा
सिमरा:बाराको जितपुर सिमरा उप महानगर पालिका २ नरबस्ती स्थित राधाकृष्ण म सा वन समुहको सत्रौ साधारण सभा भब्य र सब्यका साथा सम्पन्न भएको छ । समुहको आफ्नै सभाहलमा सम्पन्न भएको उत्त साधारण सभाको प्रमुख अथितिमा उप प्रमुख भोला अधिकारी विशिष्ट अथितिहरुमा पर्सा राष्ट्रिय निकुञ्ज आधार का सिनियर प्रमुख संरक्षक अधिकृत रामचन्द्र खतिवडा ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायब उपरीक्षक शुबद्र वाइबा जनहित उपभोक्त समितिका अध्यक्ष अमृत लाल श्रेष्ठ लगएतका रहेका थिए भने अतिथिहरुमा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष पेशल मुल्मी मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन समुहका कुबेर न्यौपाने जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका इश्वरी लामा लगायतका रहेका थिए ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले उपस्तिथि उपभोक्ताहरुलाई अधिकार र कर्तव्य दुबै कुरामा उपभोक्ताले सहकार्य गरेमा मात्र बन संरक्षण हुने वन उपभोक्ताहरुलाई सुम्पिएकोले य उपभोक्ताहरुको उल्लेखनीय सहभागिता हुनुपर्ने अन्यथा राज्यले उपभोक्ता वनहरु फिर्ता लिन सक्ने भन्दै कानुनी ब्यवस्थाको जानकारी गराउनु भएको थियो । संरक्षणको क्षेत्रमा पहिले उपभोक्ता हरुले नै सकृयता देखाउनु पर्ने नसकेमा निकुञ्जको सहयोग सदैव रहने भन्दै जनहित उपभोक्ता समिती समुहहरुको छाता संगठन भएकोले सबै कर्यमा सहकार्य र हातेमालो गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अथितिको तर्फबाट बोल्दै उप मेयर भोला प्रसाद अधिकारीले वन क्षेत्रमा समूहले गरेको संरक्षणको पाटो र उपभोक्ताहरुको वन्यजन्तु र वातावरण प्रतिको चासोको प्रसंशा गर्नुका सथै समुहको उत्थानका निम्ति आगामी बर्षको नगर बजेटमा रकम बिनियोजन गर्ने आश्वासन दिएका थिए ।

जनहित उपभोक्ता समितिको तर्फबाट सत्रौ साधारण सभाको शुभकामना दिदै अध्यक्ष तथा बिशिस्ट अथिती अमृत लाल श्रेष्ठले अचेल वन संरक्षणको पाटोमा उपभोक्ताहरुको सकृयतामा कमि आएकोले त्यसको सामादान खोजिनु पर्ने धारण राखेका थिए ।

समुहका कोषाध्यक्ष सोमलाल बम्जनले प्रस्तुत गरेको आर्थिक करोवारहरुको अनुमोदन उपभोक्ताहरुको गडगडाहाट तालिका साथ परित भएका थिए भने कार्यक्रमको सभापतित्व गरिरहेका अध्यक्ष सत्ये बहादुर श्रेष्ठले वन समुहको प्रगती बिवरण र आगामी बर्ष समुहले गर्ने कर्ययोजनाको जानकरी गराउदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
