इश्वर प्रताप लामा( आशिष) सिमरा, बारा

सिमरा : नेकपा एकीकृत समाजवादी पार्टी का अध्यक्ष माधव कुमार नेपालले मुलुकको सम्बृद्धि र शुसासन को लागि अगि बढ्न जागरण अभियान सञ्चालन गरेको बताउनु भयो ।

एकीकृत समाजवादी जागरण अभियान २०८० मेची- महाकाली यात्रा अन्तरगत शुक्रबार सिमरामा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्‍यायर समस्या समाधान गरिने बताए।

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति बिभिन्न पार्टीमा हुर्की रहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषी जन्य उधोगहरू खोल्न सके युवाहरूमा रोजगारी को सृजना गर्न सकिने सम्भावना प्रसस्त रूपमा भएको समेत उल्लेख गरे।

उक्त कार्यक्रममा विभिन्न पार्टीबाट पार्टी परित्याग गरी नेकपा एसमा प्रवेस गरेका थिए ।

Premium SEO Backlinks
Premium SEO Backlinks