इश्वर प्रताप लाया( आशिष) सिमरा बारा

यस वर्ष मनसुन ढिलो भित्रीएको ले नेपालमा धान रोपाईमा कमी आएको छ । कृषी विभागका अनुसार आजको मिति सम्म गत वर्षको तुलनामा चौध लाख पचपन्न हजार आठसय छियासी हेक्टर क्षेत्रफलमा रोपाइमा कमी आएको हो ।

विभागका अनुसार हालसम्म तेह्र लाख उनन्तीस हजार आठसय छतिस हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । गत वर्ष यही समय सम्म चालिस प्रतिशत रोपाइ सकिएको थियो। देश भरको धान रोपाइ सकलन गर्ने कृषी विज्ञान बाली तथा जैविक विविधता केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष सताईस प्रतिशत कम क्षेत्रमा धान रोपाई भएको छ ।

विभागका अनुसार मदेश प्रदेशमा सबैभन्दा कम नौ दशमलव सताइस प्रतिशत मात्र धान रोपाई भएको छ । कृषी विभागका अनुसार यस वर्ष खडेरीको कारण समयमानै धानको बिउ राख्न नपाएकोले र मनसुन पनि ढिलो भित्रीएको हुँदा धान रोपाइमा कमी आएको हो। तर धान लगाउने समय अझैं बाँकी रहेको ले मनसुन को अवस्था पनि राम्रो भएको हुँदा आत्तिन पर्ने अवस्था नरहेको विभागको भनाई रहेको छ । पाहाडी क्षेत्रमा पर्‍याप्त मात्रमा पानी परेकोले धेरै ठाउमा रोपाई भएको र तराईमा ढिलो मनसुन शुरु भएकोले रोपाईमा कमी आएको र केही दिनमा रोपाईको वृदि हुने विभागको अनुमान छ ।

Premium SEO Backlinks
Premium SEO Backlinks