इश्वर प्रताप लामा (आशिष )सिमरा बारा,

असोज बुधबार पर्साको बिरगंज उप महानगर पालिका 32 दस बिगाहा अवस्थित क्षी क्षीजग गण पोष्ट द्वारा आज पाँच हजार विभिन्न प्रजातिका बोट बिरुवा रोपण गर्ने काम सप्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अथितिका रुपमा रहेका क्षी क्षीजग गणका करसहाब क्षी निराजन पौडेलका अनुसार मन्त्रीस्तरीय परिसदबाट असार १४ लाई राष्ट्रिय बृक्षा रोपणको रुपमा गोषणा गरिएकोले उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।

हामी सबै मिलौ,हरियाली बढौ,चुरे क्षेत्रको संरक्षण र वातावरणमा टेवा पुर्यौ,भन्ने मुल नाराका साथ उक्त बृक्षा रोपण कार्यक्रमआयोजना गरिएको उहाँले जानकारी गराउनु भयो । कम्जोर माटो वन फडनी र अनाधिकृतरुपमा बालुवा ढुंगा र गिट्टीको दोहनले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको कारण हामी सबै यसको संरक्षको लागि बिरुवा रोपण र संरक्षण अभियानमा लाग्नुपर्ने उहाँको तर्क रहेको थियो ।

साझेदारी वन समितिको अधिकार क्षेत्रमा रहेको पर्साको वन क्षेत्रको ब्यापक फडानीभइ प्राय बगरमा परिणत हुनलागेको वनभित्र नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी लगाएत स्थानीय संघ सस्था र स्थानीयहरुको बाक्लो उपस्थितिमा लगाइएको ५ हजार बोट बिरुवा हुर्कन भने निक्कै चुनौती देखिन्छ । बगरको तातो बलुवा माटोमा लगाइएको उक्त बिरुवा हुर्कन हप्तामा चारचोटी पानी र चरिचरण निशेधित गरि हेरचाह र गोडमेल गर्न ब्यवस्था मिलाउनुपर्ने देखिन्छ । जुन कुरा गणको बजेट भित्र देखिदैन । त्यसै रोपेर मात्र छोड्ने प्रभिधिले यस्ता कैयौं बजेट र योजनाहरु बलुवामा पानी खनाए बराबर मात्र हुनेगरेकोछ । केही बर्ष अगाडि पनि यसै स्थानमा प्रदेश स्थरिय बजेट बाट रु.२० लाख यसै खेर गएको एक स्थानीयले बताए ।

Premium SEO Backlinks
Premium SEO Backlinks