इश्वर प्रताप लामा , सिमरा बारा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउदै आफ्नो पार्टिका बारा २ का उमेद्बवार रमेश खरेलको पक्षमा प्रचार प्रसार गरिदिन यस क्षेत्रका मिडिया कर्मीहरु लाई अनुरोध गरेका छन् ।

आज बाराको जीतपुरसिमरा उ.म.न.पा.–३ मा अवस्थित इच्छा होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको र आफ्नो पार्टीको कुनै भातृ पत्रकार संगठन नभएको र भातृ संगठन खोल्ने कुनै नीति पनि नरहेकोले चुनावी माहोलमा कुनै पूर्वाग्रही सोच नराखी प्रचार प्रसारमा सहयोग गरिदिन पत्रकारहरु लाई अनुरोध गर्नुभएको हो।

“हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरु दललाई पनि हामी यही आह्वान गर्छौं”, उनले भने, “कुनै पनि उम्मेदवारविरुद्ध दुर्भाव छैन । सबैलाई यही आह्वान गर्छौं ।” लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धा भएकाले यो सुन्दर पक्षलाई सबैले अवलम्बन गर्नुपर्नेमा लामिछानेले बताए । “यो नै लोकतन्त्रको विशेषता हो, देशका मालिक जनता हुन्”, उनले भने चुनावी सन्दर्भ लाई लिएर बोलेका आफ्नो कुराहरु लाई केही मिडिया हरुले गलत ब्याख्या गरी हेडलाइन बनाएको गुनासो पोख्दै त्यसो नगरी एउटा स्वतन्त्र पत्रकारको भूमिका निभाई दिन यस क्षेत्रका पत्रकार हरुलाई अनुरोध गर्नुभएको हो ।

Premium SEO Backlinks
Premium SEO Backlinks