बारा जिल्ला समुन्द्र सतहवाट 152 मि. देखि 915 मिटरको उचाईमा अवस्थित यो जिल्ला 1190 वर्ग कि.मि.(1,29,563 हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.2 अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ ।26.51 देखि 27.02  उत्तरसम्म अक्षांस र 84.51 देखि 85.16 पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्‍चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ल पर्दछ । बारा जिल्लाको कुल क्षेत्रफल 1,29,563 रहेको छ  जसमध्ये 69,516 खेती योग्य जमित, बलौटो 5,114 हेक्टर वन क्षेत्रले 47,182 हेक्टर ओगटेका छ । जिल्लामा जम्मा 1,08,600 परिवार मध्ये 1,04,322 आफ्ना निजी घरमा र 2,955 परिवार भाडको घरमा बस्ने गरेका छन्।

2068 सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या 687708 रहेको छ । जसमध्ये 351244 पुरुष र 336464 महिला रहेका छन । यस अविधिको जनसंख्या वृद्धिदर 2.07 प्रतिशत रहेको देखिन्छ । यस जिल्लामा हिन्दु धर्म मान्‍नेहरु 562081, बौद्ध 31142, ईस्लाम 89686 किरात 1290 ईसाई (क्रिशचन) 1621 अन्य धर्म मान्‍नेहरु 1688 जना रहेका छन् ।

श्रोत जिल्ला प्रशासन कार्यालय बारा