इश्वर प्रताप लामा(आशिष)सिमरा,बारा
काठमाडौँ : बिहिवार राति देखि भारी वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने भएको छ ।
सरकारका प्रवक्ता, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई नि:शुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय पनि भएको उनले बताए। बिहिवार देखि देशैभर आएको बाढीले४० जिल्लालाई प्रभाव परेको भएपनी बिषेशगरी काठमाडौ,भक्तपुर सिन्दुली,रामेछापमा काब्रे लगायत ईलाम,पाचथर,लम्जुङ्ग र तनहुँमा क्षति पुर्याएको छ ।
खानेपानी, विद्युतलगायतका सेवा सञ्चालनका लागि पनि तीव्रता दिने निर्णय भएको छ। उद्धार र राहतको काम थप प्रभावकारी गराउने निर्णय पनि भएको बताइएको छ ।बाढी प्रभावित क्षेत्रमा सुख्खा भएपछि हैजा बिमारी फैलन सक्ने तर्फभने सबैले बेलैमा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।